८ वैशाख २०८१ शनिबार
अर्थ

निगमको हङकङ उडानमा प्रतिबन्ध

नेपाल वायुसेवा निगमको विमानमार्फत हङकङ पुगेका पाँचजनामा कोरोना पुष्टि भएपछि दुई साता हङकङ उडान नहुने भएको छ । ‘आरए ४०९९’ उडानमार्फत एक सय २० यात्रु बोकेर असोज १६ गते राति काठमाडौंबाट उडेको उक्त विमानका यात्रुको १७ गते रिपोर्ट आएको थियो । त्यहाँको विमानस्थलमा स्वास्थ्य परीक्षणको क्रममा पाँच नेपालीमा कोरोना पुष्टि भएपछि हङकङले कात्तिक १ सम्म निगमको उडानमा रोक लगाएको छ ।  

निगम प्रवक्ता अर्चना खड्काका अनुसार प्रतिबन्ध अवधिमा दुईवटा उडान तालिका रहेकाले ती उडान रद्द हुनेछन् । निगमले तोकिएको स्वस्थ्य मापदण्डको आधारमा यात्रुलाई विमान चढाउँदै आएको र उक्त उडानमा रहेका यात्रुले पनि ७२ घन्टाअघिको रिपोर्ट बुझाएरै उडेको उनको भनाइ छ ।

नेपालमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि हङकङमा पोजेटिभ आएका कारण निगमको उडानमा रोक लागेको र अन्य कुनै पेनाल्टीबारे जानकारी नआएको खड्काले बताइन् । नेपालमा कोरोना परीक्षण गराएपछि यात्रु बाहिरी व्यक्तिको सम्पर्कमा गएको हुन सक्ने र उक्त लापरवाहीको भागिदार विमान कम्पनी हनुपरेको उनको भनाइ छ ।

प्रकाशित: २१ आश्विन २०७७ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App