८ वैशाख २०८१ शनिबार
अर्थ

६७ उडानबाट अलपत्रको उद्धार

सरकारले कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा ६७ उडानमार्फत नेपाल ल्याउने तयारी गरेको छ ।  आगामी आइतबारदेखि सुरु हुने उद्धारका उडानमा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स तथा विदेशी जहाजको प्रयोग हुने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार दैनिक १० उडानसम्म गर्न सक्ने गरी निगमले २४ र हिमालयले १९ उडान भर्नेछन् । विदेशी विमान कम्पनीले २४ उडानको अनुमति पाएका छन् । नेपाली एयरलाइन्सले दैनिक एक हजार आठ सयजनाको उद्धार गर्नेछन् ।  

उडान तालिकाअनुसार जेठ ३२ गते बंगलादेशबाट निगमको वाइडबडीबाट उद्धार कार्य सुरु हुनेछ । सोही दिन विदेशी विमानले पनि नेपालमा दुई उडान भर्ने छन् । त्यस्तै असार १ गते निगमको जहाजले माल्दिभ्स र क्वालालम्पुरबाट नेपाली ल्याउने छ भने हिमालयले साउदी अरब र सिंगापुरबाट ल्याउने छ । सोेही दिन मस्कटबाट पनि एक विदेशी विमान नेपाल आउने छ ।

असार २ गते निगमले युएई र कतारबाट र हिमायलले कुवेत, श्रीलंका र मालेबाट नेपाली ल्याउने छन् । उक्त दिन दुई विदेशी विमान पनि नेपाल आउने छन् । असार ३ गते निगमले अस्ट्रेलिया, बैंकक र बहराइनबाट तथा हिमालयले बंगलादेश र कतारबाट उडान भर्ने छन् भने सोही दिन अमेरिकाबाट एक विदेशी जहाज नेपाल आइपुग्ने छ ।

असार ४ गते निगमले साउदी र युएईका साथै हिमालयले क्वालालम्पुर र मस्कटबाट उडान भर्ने छन् भने दुई विदेशी विमानसमेत नेपाल अवतरण गर्ने छन् । असार ५ गते निगमले जापान र कुवेतबाट तथा हिमालयले साउदी र नाइजेरीबाट उडान भर्ने छन् भने सोही दिन दुई विदेशी विमानले पनि नेपाली ल्याउने छन् ।

असार ६ गते निगमले साइप्रस, क्वालालम्पुर र कतारबाट तथा हिमालयले युएई र बंगलादेशबाट उडान गर्नेछन् । सोही दिन इयूको एउडा उडानसमेत हुने तालिकामा उल्लेख छ । असार ७ गते निगमले दक्षिण कोरिया र मस्कट (ओमान)बाट तथा हिमालयले कुवेत र क्वालालम्पुरबाट नेपाल उडान भर्ने छन् । दुई विदेशी विमान पनि नेपाल आउने छन् ।

असार ८ गते निगमले अस्ट्रेलिया र बैंकक तथा हिमालयले पाकिस्तान र कतारबाट नेपाली ल्याउने छन् । उक्त दिन दुई विदेशी विमान नेपाल आउने छन् । असार ९ गते निगमले जापानको नारिता र माले तथा हिमालयले युएई र युगान्डाबाट र दुई विदेशी विमान नेपाल अवतरण गर्नेछन् ।

असार १० गते निगमले मात्र उडान भर्ने तालिका रहेको छ । उक्त दिन निगमले साउदी र कुवेतबाट नेपालीलाई उद्धार गर्ने जनाइएको छ । सोही दिन दुई विदेशी विमान पनि नेपाल आउने छन् । उद्धारको अन्तिम दिन असार ११ गते निगमले अमेरिका र हिमालयले साइप्रस तथा इजरायलबाट उडान गर्ने छ ।

प्रकाशित: २९ जेष्ठ २०७७ २३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App