२० आश्विन २०८१ आइतबार
image/svg+xml

बाढीको वितण्डा, २९ को मृत्यु

दुई दिनदेखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढीपहिरोमा परी २९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले बाढीपहिरोबाट सुनसरी, मोरङ, झापा, पाँचथर, सिन्धुली, बाँके, सर्लाही, दाङ, पाल्पा, बर्दिया, बारालगायत जिल्लामा २९ जनाको मृत्यु भएको जनाएको छ।

बाढी पहिरोबाट ३० को मृत्यु, गृहमन्त्रीद्वारा उद्धार तीब्र पार्न निर्देशन

गृहमन्त्री जनार्दन शर्माले देशै भरी बाढी पहिरोका कारणले मृत्यु हुनेहरु प्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तिव्र पार्न निर्देशन दिएका छन्। शनिबार बिहान गृहमन्त्रालयमा पत्रकारहरुसँग बोल्दै उनले देशै भरीको जन धनको क्षतिका बारेमा अवगत गराएका थिए।

बाढीले बगाउँदा झापामा २ को मृत्यु ८ वेपत्ता, ११ सय परिवार विस्थापित

झापामा बाढीका कारण २ जनाको मृत्यु भएको छ भने ११ सय ११ परिवार विस्थापित बनेका छन्। यस्तै बाढीमा ८ जना बेपत्ता छन्।

बुढीखाेलाकाे बाढीले इटहरी बजार डुब्याे, ६ काे मृत्यु

तीन दिनदेखि अविरल रुपमा परेको वर्षाका कारण इटहरी बजार र आसपासका सम्पूर्ण क्षेत्र पूर्ण रुपमा डुबानमा परेको छ भने ६ जनाकाे मृत्यु हुनुका साथै ६ जना बेपत्ता भएका छन्

सिन्धुलीमा पहिरोले घर पुर्दा एकै परिवारको चारको मृत्यु

लगातारको वर्षाका कारण गएराती २ बजे पहिरो जाँदा कमलामाइ नगरपालिका ६ मा एकै परिवारको चार जनाको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघको जमिनमा टहरो बनाएर वस्दै आएका चार जनाको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा परेर एकको मृत्यु, तीन बेपत्ता

केहि दिन यतापरेको अविरल बर्षाका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका तीन जना बेपत्ता छन्। पाँचथरको फालेलुङ गाँउपालिकोको दुई स्थानमा गएको पहिरोले घर बगाएको हो। पहिरोले बगाएका तीनजना वेपत्ता भएका हुन। एकजना घाईते छन्।

पहिरोले एकको मृत्यु, पाँच जना सम्पर्कविहीन

अविरल बर्षाका कारण जिल्लाको फालेलुङ गाँउपालिकाको दुई ठाँउमा पहिरो जाँदा एकको मृत्यु भएको छ। नेपाली सेनाको भैरवी दल गणका गणपति कर्णेल शिवराज पन्तका अनुसार एकतिन र मेमेङमा पहिरो जाँदा पाँच जना सम्पर्कविहीन भएका छन्।

ढुंगाले लागेर बेलायती नागरिकको मृत्यु

मुस्ताङको खासाङ गाउँपालिका–४ घोप्टेभीरमा ढुंगा खसेर लाग्दा एक विदेशी नागरिकको ज्यान गएको छ। म्याग्दी र मुस्ताङको सीमानामा पर्ने भीरको माथिबाट खसेको ढुंगाले २२ वर्षीया बेलायती युवतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

ट्याङ्कीमा डुबेर तीन वर्षीया बालिकाको मृत्यु

पानी ट्याङ्कीमा डुबेर विहिबार एक बालिकाको ज्यान गएको छ । सदरमुकाम बेसीशहरको मनाङे चौतारामा बस्ने ३ वर्षीया बालिका कृत्तिका गुरुङको ज्यान गएको हो।

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट गए राति एक साइकलयात्रीको मृत्यु भएको छ ।

चीनको भूकम्पमा मृत्यु हुनेको संख्या २० पुग्यो

मंगलबार साँझ चीनको सिचुआन र गान्सु प्रान्तमा गएको भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या २० पुगेको छ  भने ४३१ जना घाइते भएका छन्।

केन्याको राष्ट्रपतीय निर्वाचनमा मतगणना विवाद, चारको मृत्यु

केन्यामा गत मङ्गलबार भएको राष्ट्रपतीय आमनिर्वाचनको मतगणना जारी रहदा विवाद सुरु भएको छ।

छुट्टाछुट्टै घटनामा एक बालिकासहित दुईजनाको मृत्यु

सप्तरीको छुट्टाछुट्टै ठाउँमा बिहीबार भएको सवारी दुर्घटनामा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्