२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

बुटवलमा आधुनिक पशु बधशाला सञ्चालन आउँदै

बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो।

विद्यालय हिडेका तीन बालक बेपत्ता

बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन्।

प्रधानन्यायाधीशको राजीनामा माग्दै बुटवलमा कानुन व्यवसायीको प्रदर्शन

उच्च अदालत बार एसोसिएसन बुटवलको आयोजनामा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन्।

बुटवलमा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

बुटवलको कोभिड विशेष अस्पतालमा एकैदिन ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा मात्रै बुटवलको कोभिड विशेष अस्पतालमा उपचारत ११ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीका ६ जना, कपिलवस्तुका ३, नवलपरासी र प्युठानका १/१ जना रहेको अस्पतालका सूचना अधिकारी डा.बिष्णु गौतमले बताए।

बुटवलमा हत्या गरी बाग्लुङ लगेर गाडीयो शव

'शवसँगै भएको व्यावसायिक कागजातका आधारमा अनुसन्धान गर्दा व्यवसायमा साझेदारी गर्दै आएका ढोरपाटन–२ रिनाम घर भई बुटवलमा बस्यालसँगै व्यवसाय गर्ने मित्रलाल खनाललाई इलाका प्रहरी कार्यालय बुटवले बिहीबार पक्राउ गरेको छ, आर्थिक लेनदेनका कारण हत्या गरेको स्वीकार गरे पनि एक्लैले हत्या गरी शव बागलुङ ल्याउन मुस्किल हुन्छ, थप अनुसन्धान भइरहेको छ।'

बुटवलमा जितगढी युद्ध संग्रहालय बनाइने

इतिहासअनुसार १८७१ साल पुस २१ देखि नेपाल–अंग्रेज युद्ध सुरु भएको थियो। कुमाउ–गडवाल, मकवानपुरगढी, कोसी–टिस्टा, बुटवल जितगढीमा अंग्रेज फौजसँग नेपाली फौजले युद्ध लडेका थिए। त्यस क्रममा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले १८७२ साल वैशाख ७ गते बुटवलको जितगढीबाट अंग्रेज फौजलाई परास्त गरी धपाएका थिए।

ओली समूहको आज बुटवलमा सभा, प्रधानमन्त्रीले सम्बोधन गर्ने

नेकपा ओली समूहले आज (शनिबार) लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा सभा गर्दैछ। नेकपा लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ।

बुटवलमा पहिलोपटक रोजगार मेला

बुटवलमा पहिलो पटक रोजगार मेला लाग्ने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीको आायोजामा र अन्तराष्ट्रिय श्रम संगठन आइएलओको आर्थिक सहयोगमा २१ गतेदेखि २३ गतेसम्म रोजगार मेला लाग्ने भएको हो ।

बुटवलमा घन्कियो प्रोजेक्ट वान

नेपालका चर्चित रक व्यान्डका सदस्यहरू आबद्ध भएको नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ले गत शनिवार बुटवलमा ‘टुबोर्ग फेरि उठ्नेछ नेपाल ३’ नामक भव्य कन्सर्ट गरेको छ । चिसो मौसमको वेवास्ता गर्दै झण्डै पाँच हजार बढी दर्शकले व्यान्डमा रहेका गायकगायिकाको गीतबाट मनोरञ्जन लिए।

एनसेल मेला शनिबार बुटवलमा

एनसेल मेला २०७४ शनिबार बुटवलको दीपनगरस्थित सिद्घेश्वरी मैदानमा आयोजना हुँदैछ। आफ्ना ग्राहक तथा शुभचिन्तकसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रत गतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न मेला आयोजना गरिएको एनसेलले जनाएको छ।

बुटवलमा ओम डेभलपमेन्ट बैंक

ओम डेभलपमेन्ट बैंकले बुटवलमा ३१औ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक रेवतीप्रसाद नेपाल तथा ब्रह्माकुमारी विश्वविद्यालय पश्चिमाञ्चलकी सहनिर्देशक ब्रह्माकुमारी कमलाले संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ ।

बुटवलमा उर्लियाे मानव सागर, सत्तापक्षका नेतासमेत सहभागी

पाँच नम्बर प्रदेश टुक्र्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध शुक्रबार तेस्रो दिन पनि बुटबलमा विशाल सभाकाे अायाेजना गरिएको छ। सत्तापक्षसहितका राजनीतिक दलको अगुवाइमा विशाल सभाभएको हो।

पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्तावकाे बुटवलमा चर्को विरोध

संसदमा पाँच नम्बर प्रदेश टुक्र्याउने गरी संशोधन प्रस्ताव दर्ता भएपछि चर्को विरोध भएको छ। बुधबार बिहानैदेखि विद्यार्थीहरुले ठाउँ ठाउँमा प्रर्दशन गरेका छन्। लुम्विनी बाणिज्य क्याम्पस, बुटवल बहुमुखी क्याम्पसका विभिन्न विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन्। टायर बालेर चक्काजाम गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्