२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुटवलमा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

सो क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो।

सुकुम्बासीहरूले कब्जा गरेको औद्योगिक क्षेत्रको जग्गा छोड्न नमान्दा प्रहरी र सुकुम्बासीबीच झडप भएको थियो। आज अपराह्न ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ। 

औद्योगिक क्षेत्रको जग्गामा अस्थायी रुपमा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाउँदा केही घाइते समेत भएका छन्। 

प्रकाशित: २४ आश्विन २०७८ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App