१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बुटवलको कोभिड विशेष अस्पतालमा एकैदिन ११ जनाको मृत्यु

बुटवलमा कोभिड १९ बाट हाताहाती हुनेको संख्या दिनहुँ बढ्दो छ। पछिल्लो २४ घण्टामा मात्रै बुटवलको कोभिड विशेष अस्पतालमा उपचारत ११ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीका ६ जना, कपिलवस्तुका ३, नवलपरासी र प्युठानका १/१ जना रहेको अस्पतालका सूचना अधिकारी डा.बिष्णु गौतमले बताए।  

डा.गौतमका अनुसार बुटवल ११ का ४२ वर्षीय पुरुषको गएराती करिब सवा ९ बजे, सैनामैना ३ का ४२ वर्षीय पुरुषको गएराती ८ बजे, सैनामैनाकै ४९ वर्षीय पुरुषको गएराती ९ बजे, बुटवल ११ का ३६ वर्षीय पुरुषको गएराती पौने १ बजे र रुपन्देहीको कञ्चन गाँउपालिका की ३० वर्षीया महिलाको गएराती २ बजेर ५० मिनेटमा र २१ वर्षीया युवतीको बिहान ९ बजे मृत्यु भएको हो।

त्यस्तै कपिलवस्तुको बुद्धभुमी नगरपालिकाका ४० वर्षीय पुरुषको गएराती साढे १२ बजे, बुद्धमुमीकै अर्का ४० वर्षीय पुरुषको बिहान साढे ३ बजे र अर्का ३३ वर्षीय पुरुषको गएराती ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। त्यस्तै प्युठान गौमुखी ७ का ५० वर्षीय पुरुषको बिहान ४ बजे र नवलपरासीका एक जनाको गएराती नै मृत्यु भएको डा. गौतमले जानकारी दिए।

प्रकाशित: २८ वैशाख २०७८ ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App