१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओली समूहको आज बुटवलमा सभा, प्रधानमन्त्रीले सम्बोधन गर्ने

नेकपा ओली समूहले आज (शनिबार) लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा सभा गर्दैछ। नेकपा लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ।  

बुटवलको सिद्धेश्वरी मैदानमा हुने आमसभाको सबै तयारी पूरा भइसकेको छ। भने सभा दिउँसो साढे १२ बजे सुरु हुने छ। आमसभाका लागि पूर्वपश्चिम राजमार्गको अस्पताल लाइनबाट ऱ्याली निकालिने छ। सभामा प्रधानमन्त्रीसहित महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्ने छन्।

नेकपाले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी, चितवन र काठमाडौंमा बृहत सभा गरिसकेको छ। आजको सभा ऐतिहासिक हुने समेत नेकपाका नेताहरू दाबी गरेका छन्।

प्रकाशित: १ फाल्गुन २०७७ ०४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App