८ वैशाख २०८१ शनिबार

प्याकेजमा सहमति खोज्दै नेपाल समूह

ओली समूहको बुधबारको बैठकले नेपाल समूहका केही मागलाई सम्बोधन गरेको भए पनि सल्लाहबिना नै आठजनालाई स्थायी समिति सदस्यमा मनोनयन गरेपछि नेपाल पक्ष झनै सशंकित भएको छ।

विचार मिल्ने भएपछि ओली समूहमा आएँ : शेरबहादुर तामाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता शेरबहादुर तामाङले आफू भावनात्मक रुपमा प्रचण्ड–नेपाल समूहसँग निकट भएपनि वैचारिक रुपमा केपी ओलीसँग नजिक रहेको बताएका छन्।

लाखौं लाख जनताले मध्यावधि चुनाव अनुमोदन गरिसके : सुवासचन्द्र नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले जनताले मध्यावधि चुनाव अनुमोदन गरिसकेको दाबी गरेका छन्।

ओली समूहको आज बुटवलमा सभा, प्रधानमन्त्रीले सम्बोधन गर्ने

नेकपा ओली समूहले आज (शनिबार) लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा सभा गर्दैछ। नेकपा लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ।

पालिका अध्यक्षले कर्मचारी धम्क्याए

नेकपाको ओली समूहले माघ २३ गते राजधानीमा आयोजना गरेको सभामा कार्यकर्ता लिएर गएको बसको भाडा भुक्तानी गर्न नमानेपछि जिल्लास्थित शैलुङ गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका छाडेर जान धम्की दिँदै दुव्र्यवहार गरेका छन् । गाउँपालिका अध्यक्ष भरत दुलालले प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहलाई कार्यालयभित्रै हातपात प्रयाससमेत गरी धम्क्याएका हुन् ।

ओली समूहले गर्‍यो मार्चपास

नेकपा ओली समूहले काठमाडौंमा मार्चापास गरेको छ। महेस बस्नेतको नेतृत्वमा ओली समूहका कार्यकर्ताले पुतलीसडकमा प्रदर्शन गरेका हुन्।

नेकपाका दुवै समूह मुठभेड मुडमा

प्रतिनिधिसभा विघटन र ओली सरकारविरुद्ध यही माघ १३ गते नेपाल–दाहाल समूहले राजधानीमा विशाल आमसभा गरेको थियो। त्यसलाई काउण्टर दिन सत्तामा रहेको ओली समूहले वाग्मती प्रदेश कमिटीको आयोजनामा शुक्रबारका लागि आमसभा तय गरेको हो। प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल–दाहाल समूहले देशभर सभा र विरोधका विभिन्न कार्यक्रम गर्न थालेपछि ओली समूह पनि उस्तै प्रकृतिका सभा र प्रदर्शनमा लागेको हो।

काउन्टर सभाको तयारीमा ओली समूह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्। नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ।

नेकपा विभाजन: तानातानमा कार्यकर्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि ओली समूह र नेपाल–दाहाल समूह एकअर्काका नेताकार्यकर्ता तान्ने रणनीतिमा लागेका छन्। पार्टी विभाजनपछि अलमलमा परेका नेताकार्यकर्तालाई केपी शर्मा ओली र माधवकुमार नेपाल–पुष्पकमल दाहाल समूहले आआफ्नो पक्षमा ल्याउन केन्द्रदेखि नै बल प्रयोग गरिरहेका छन्।

ओली समूहका सबै कमिटी 'जम्बो'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले सबै कमिटी ‘जम्बो’ बनाउने भएको छ। विधान संशोधन गर्दै ओली समूहले केन्द्रीय कमिटी एक हजार पाँच सय एक सदस्यीय बनाउने तयारी गरेको छ।

ओली समूहले तोक्यो सात प्रदेशका संयोजक

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्