विचित्र संसार
विचित्र छ यो संसार दुनियाँ स्वार्थी नै छन् सबै यहाँ ! म खाउं मै लाउं भन्दै नाचिरहेका नै हुँदा रहेछन् यहाँ। एउटै कोखको बास हो रे , एउटै आमाले जन्माएका भन्छन् ! व्यवहार देख्दा सौतेनीभन्दा पल्लोपट्टि गरी छुट्याउँछन्।
विचित्र छ यो संसार दुनियाँ स्वार्थी नै छन् सबै यहाँ ! म खाउं मै लाउं भन्दै नाचिरहेका नै हुँदा रहेछन् यहाँ। एउटै कोखको बास हो रे , एउटै आमाले जन्माएका भन्छन् ! व्यवहार देख्दा सौतेनीभन्दा पल्लोपट्टि गरी छुट्याउँछन्।
बिहे गरेपछि पत्नी बाँधिन्छे पति आजाद रहन्छ, साथीसँग पार्टी भन्दै घरबाट बाहिर भररात रहन्छ। घरकी श्रीमती लेण्डलाइन फोनजस्तै हो एकैठाउँ रहन्छे, मोबाइल उहाँको गर्ल फ्रेण्ड हो हर समय साथ रहन्छ।
सारै राम्री छोरी, यो मुटुको डोरी। मुसुक्क हाँस्दा, हिउँजस्तै गोरी। औंला भाँची गन्छे, उकुल जान्छु भन्छे। मान्छे सानी –सानी, लजाउने बानी। टिटीघाङ गरेर, आँगनीमा झरेर। बोलाउँदै साथी, चढी साइकलमाथि।
अग्रजको सम्मान अनुजको मायामा, रमाउने बानी होस् यसै गरी काममा। खुसीयाली सम्झेर दुनियाँमा हराएँ, लेखपढ गरेर जन्मदिन मनाएँ।
नाट्यश्वर कविलास पर्वतमा उत्पन्न भइसकेपछि एकजना ज्यापु नाट्यश्वरको पूजा गरेर सिद्धि प्राप्त गर्छु भनी पूजा गर्न एक्लै गएका थिए। त्यही बेला उनले त्यहाँ कंकाल, ख्याक र नाट्यश्वर देवता देखेनन् । त्यहाँ अत्यन्तै सुनसान र डरलाग्दो भइरहेको थियो । त्यस ज्यापुले ख्याक र कवंचालाई बोलाउँदै ‘रक्सी र समयबजी खाने भए नाच्दै नाच्दै आऊ’ भनी समयबजी छर्न थाल्यो । तैपनि त्यहाँ कवंचा पनि आएन, ख्याक पनि आएन । त्यसरी समयबजी छरिरहँदा त्यहाँ एउटा भेडा देखापर्यो।
निजी प्रकाशकसँग मोटो कमिसनको पाउने लोभमा बर्सेनि नयाँ किताब किन्न लगाउनु आर्थिक भ्रष्टाचार हो। सरकारी निकायले अनुगमन गरी यस्ता विद्यालयलाई कानुुनी दायरामा ल्याउनुपर्छ। देशभरिका ठूला र साना सबै निजी विद्यालयले विद्यार्थीलाई कोर्सभन्दा बढी किताब किन्न बाध्य बनाएका छन्।
झन्डै चार सय पृष्ठको यस पुस्तकको आखिरी खण्डमा राखिएका अनुसूची र सन्दर्भग्रन्थ सूचीमा बाह्र बुँदे सम्झौता, ४० बुँदे मागपत्र, माओवादीले जातीय आधारमा घोषणा गरेका ११ ‘राज्य’ र तिनका इन्चार्जको फेहरिस्त लगायत मनग्गे सामग्री समावेश गरिएको छ। अर्को शब्दमा, नेपालबारे गम्भीर किसिमका पुस्तक लेख्न अभिरुचि भएका स्वदेशी तथा विदेशी विद्वान्लाई सिलवालको पुस्तक गतिलो स्रोत सामग्री हुने कुरो प्रस्टै छ।
यो भिड देखेर सुनिललाई भने झर्को लाग्यो र भन्यो– हेर्नुस् सरहरू ! मूल्य तोकीतोकी मेरो सर्टिफिकेटलाई विज्ञापनको साधन बनाउन नखोज्नुहोस्। म सरकारी स्कुलबाटै उत्कृष्ट भएको हुँ। त्यसैले सरकारी कलेजमै पढ्छु। अब मेरो मूल्य नतोक्नुहोस्।
पढी–लेखी अगाडि बढ्ने बेला हो। पढौँ साथी यो त हाम्रो पढ्ने बेला हो। पढौँ साथी देशको इज्जत राख्ने हामी हौँ। गरौँ साथी भोलि यो देश हाँक्ने हामी हौँ। साना– साना हातले कलम समाउँछु। सधैँ लेख्न पढ्न पाए म त रमाउँछु।
आगो त ढुङ्गामा नि हुन्छ कठोर हुनाले ढुङ्गो घोटिन्छ, रेटिन्छ अतः फुट्छ ! विशाल पत्थर बालुवाका कणमा रुपान्तरण हुन्छ क्रमभङ्ग नभई माटो बन्छ यो सृष्टिको निरन्तरता अनि वस्तुको रुपान्तरताभन्दा पर नहोला ।
हे मेरा भाष्कर उहीँ रूप रङ्ग उही समयमा जन्मने कर्मयोगी तिमी कर्मवादी बन्ने सन्देश फिजाउंछौ चुक्दैनौ कहिले पनि कर्मयोगी बन्न यो विश्व ब्राह्मणमा तिमी गतिशील भएर थपिरहेछौ अनन्त स्वर्णिम ऊर्जा।