२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

साना –साना हातले

बालकविता

मदन घिमिरे

 

साना–साना हातले कलम समाउँछु।  

सधैँ लेख्न पढ्न पाए म त रमाउँछु।।  

 

हाम्रा  सारा  सपना  पूरा  गर्नु  छ।  

फुलजस्तै फुल्नु छ, सुवास  छर्नु छ ।  

यहीँ जन्मेँ, यहीँ बढ्छु, यहीँ मर्नेछु।  

ठुलो बनी  म त देशको सेवा गर्नेछु।

 

पढी–लेखी अगाडि बढ्ने बेला हो।

पढौँ साथी यो त हाम्रो पढ्ने बेला हो।।  

पढौँ साथी देशको इज्जत राख्ने हामी हौँ।  

गरौँ साथी भोलि यो देश हाँक्ने हामी हौँ।

 

साना– साना हातले कलम समाउँछु।  

सधैँ लेख्न पढ्न पाए म त रमाउँछु।।

        – रूपा–६, कास्की।

प्रकाशित: १५ श्रावण २०७८ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App