२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

घरकी श्रीमती लेण्डलाइन फोनजस्तै हो एकैठाउँ रहन्छे

मुक्तक

 राधा रमा 

 

१) मुक्तक  

 

गायक कति भाग्यमानी सरस्वती आवाजमा रहन्छिन्,  

पति कति भाग्यमानी  पत्नी  गृहस्थी  कामकाजमा रहन्छिन्।  

छोरीलाई पनि शिक्षादिक्षा छोरासरह दिनुपर्छ हजुर,  

तब मात्रै इज्जत र सम्मानको साथ बुहारी समाजमा रहन्छिन्।

   २) मुक्तक 

 

मलाई आफन्तको  रगत  बगाउने औजार बनाउनु छैन,  

दुनियाँको  नियत खराब  बनाउने  श्रृङ्गार  लगाउनु  छैन।

आफ्नै देशमा पसिना बगाएको कमाइमा बिश्वास राख्छु,

भाइलाई खाडी पठाएर तस्विरमा  तिहार  मनाउनु  छैन।

   ३)  मुक्तक  

 

 बिहे   गरेपछि   पत्नी   बाँधिन्छे   पति  आजाद   रहन्छ,  

  साथीसँग पार्टी   भन्दै  घरबाट   बाहिर  भररात  रहन्छ।

 घरकी श्रीमती लेण्डलाइन फोनजस्तै हो एकैठाउँ रहन्छे,  

मोबाइल  उहाँको गर्ल फ्रेण्ड  हो  हर समय  साथ रहन्छ।  

 

प्रकाशित: १६ श्रावण २०७८ ०५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App