२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

गौरीफन्टा नाकामा छताछुल्ल सपना

मैले गौरीफन्टाबाट यात्रा गर्दा भोगेका दुःखकष्ट, झमेला र बखेडा सम्झिँदा लाग्छ ती मुग्लानका सपना देख्नेहरूले कति झमेला र दुःख भोगे होलान् ! जिन्दगीका सपना देख्न पनि सजिलो कहाँ छ र ?

लकडाउनमा पूर्वका साहित्यकार

अहिले देश–विदेशमा रहेका साहित्यकारहरु विभिन्न भर्चुअल अन्तक्र्रिया सहभागी भइरहेका छन् । लकडाउनकै बीचमा केही कार्यक्रममा सहभागी भएको सुनाउँछिन्, कवि सीमा आभास ।

ससुराबुवा, कृषि र बिचौलिया

महामारी सधैँ यस्तै रहँदैन यसपछि देशले पक्कै नयाँ दिशा लिनेछ । ‘स्वदेशी वस्तुको उपभोग र आन्तरिक उत्पादनलाई उपभोग गर्दै खाली जमिनलाई खेर जान नदिई कृषियोग्य भूमिको पूर्ण उपयोग गर्ने’ यस वर्षको नीति तथा कार्यक्रममा कृषिलाई उच्च प्राथमिकतामा पारिएको छ । यो नारालाई व्यवहारमा उतार्न सके कृषि क्षेत्रमा परिवर्तन ल्याउन नसकिने होइन ।

दुईतिहाइ कम्युनिस्ट सरकारको विचलन

अलिकति गहिरिएर हेर्ने हो भने राष्ट्रपति कार्यालयको सजावट र मन्त्रीनिवासमा जिमखाना राख्नुलाई राज्यकोषको फजुल खर्च नै मान्नुपर्ने हुन्छ । आज कोभिडको महामारीसँग मात्र होइन, पहिलेदेखि नै हामी रोग, भोक र गरिबीसँग जुध्दै आएका छौँ ।

विवेकशील लकडाउन

लकडाउन विवेकशील त्यस अर्थमा कि कुनै गाउँ, नगर अथवा कुनै क्षेत्र संक्रमणविना छ भने त्यहाँ बस्नेलाई लकडाउन गरेर राख्नुभन्दा उनीहरूको क्षेत्रमा कसैलाई प्रवेश गर्न नदिने । भित्र भएकाले सबै कार्य पूर्ण रूपमा अनुशासित, इमानदार र सावधानीका साथ सम्पन्न गर्ने । कोरोना संक्रमण नहोस् भन्न त्यही ठाउँका बासिन्दाले सुरक्षाकर्मी र स्वयंसेवकको निगरानीमा सतर्कता अपनाउने ।

कोरोना प्रकोपमा ईश्वरको प्रश्न

ईश्वरको मृत्युको अवधारणा जर्मन दार्शनिक फ्रेडरिक नित्सेले लोकप्रिय गराएका हुन् । उनको ‘दस स्पोक जराथु्रस्थ’ पुस्तकमा यो वाणीको लेखन गरिएको छ । पश्चिमको सभ्यताको पतनशीलतामाथि उनको प्रहार हो । त्यसपछि ईश्वरको मृत्यु बारम्बार दर्शनको विमर्शमा उल्लेख गरिने एक प्रचलित उदाहरण बनेको थियो । अहिले कोरोना भाइरसले इसाई यहुदी, इस्लाम, हिन्दू कन्फुसियाली, बौद्ध र अफ्रिकी सबै धर्म र विश्वासका मानिसलाई सताएको छ ।

पुस्तकहरुको परित्राण

नन्दी आइपुग्नेबित्तिकै चुपचाप मलाई एउटा झोला दिई। निकै गह्रौँ थियो झोला। म अवाक् भएँ। मैले उसलाई हेर्न पनि भ्याएको थिइनँ। झोला समाउँदै उसको अनुहारतिर गौर गरेँ। ऊ निसास्सिएकी जस्ती देखिन्थी। अनुहारमा चमक छँदै थिएन। सुकेर खण्डहर भएकी देखिन्थी।

विस्मृतिमा वानिरा

‘म श्रीमती वानिरा गिरी, किशोरावस्थामा कुमारी वानिरा गिरी थिएँ । यौवनावस्थामा सुश्री वानिरा गिरी थिएँ र विवाहोपरान्त श्रीमती वानिरा गिरी भएँ । अब पछि एउटा शब्द जोडिने निश्चित छ स्व. वानिरा गिरी तर त्यो शब्द जोडिने दिन कहिले आउँछ स्वयम् मलाई पनि थाहा छैन ।’

किन पिउँथे कवि हरिभक्त कटुवाल ?

सधैं रक्सी किन्ने पैसा दिएर गुण लगाउने साथीले इमानदारीका साथ कटुवालको उपचारमा सहयोग गरिदिएको भए जाबो टिबी जस्तो मामुली रोगले उनलाई खान सक्ने थिएन ।

बाढीको चर्तिकला

साउनको महिना थियो । चारपाँच दिनदेखि झमझम पानी परिरहेको थियो । आँगन, खेत, बारी, बाटो जताततै पानीपानी देखिन्थ्यो । मलाई पानी परेको हेर्न र त्यसको आवाज सुन्न खूृब मन पथ्र्यो । सुरुसुरुमा त म खूब रमाएँ ।

धोकाको खेल

फोटोमा भन्दा पनि राम्री निसु । लजालु आँखाले अनुपलाई हेरिरहेकी थिई । प्रकृतिको अनुपम छटामा फुलेको सुगन्धित फूल जस्ती निसुलाई देख्दा आफुलाई भाग्यमानी ठान्यो । उसलाई आफ्नो बाहुभरि पाउँदा अनुपले आफूलाई संसारकै भाग्यमानी व्यक्ति ठान्यो ।

उनका सर्तहरू

‘जिन्दगीमा पहिला आफूखुसी हुनुपर्छ अनि मात्र अरूको पालो आउँछ । दाँत फुक्लेपछि गरिएको रमाइलोलाई रमाइलो मान्दिनँ म ।

मृत सत्य र गीत

आँसुले भिजेको मनको धागोहरू जोडेर बुनिरहे मेरो सम्झनाको तान भत्किन्छ यहाँ गीत नगाउ सूर्यास्तछेउ आकाशगंगाभरि टाँगिने बादलको नौरंगी चित्रजसको विसन्चो छाँया तैरिएको छ हृदयको समुन्द्रम यतिखेर त्यै चित्रकारलाई सम्झिर

लकडाउन

अमेरिका जस्तो धनी देशले लकडाउनमा मात्रै सधैं बसे देशको अर्थतन्त्र धराशायी हुन्छ । अब सतर्क रहेर काम गर’ भन्यो । त्यहाँ कतै जनता मर्दै पनि छन् अनि सबैतिर काम पनि गर्दैछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्