२७ आश्विन २०८१ आइतबार
image/svg+xml

बिर्सिएका नायक जयपृथ्वीबहादुर सिंह

बालबालिकालाई नेपाली भाषाका माध्यमबाट प्रारम्भिक शिक्षा दिनुपर्छ भन्ने कुरामा जयपृथ्वी दत्तचित्त भएर लागेका थिए। उनले १९५८ सालमा बालबालिका लागि उपयुक्त ‘अक्षराङ्क’ नामक पुस्तक लेखेका थिए। पाशुपत छापाखानामा एक हजारप्रति छापिएको यस पुस्तकले नेपाली समाजमा नयाँ क्रान्ति ल्याएको थियो।

सम्झनामा बुवा

मेरो बुवा बाँसुरीको धुनसँगै श्रमको धुन गाँसेर बोलाउनुहुन्थ्यो हाम्रो उज्यालो भविस्य हृद भरि संगाल्नु हुन्थ्यो मीठो संगीत र अथक वात्सल्यस्नेह स्वरभरी ओराल्नु हुन्थ्यो सपनाका गितहरु र तरंगिनु हुन्थ्यो विपनामा उल्लासका लहरहरु !

सृष्टिकर्ता हो नारी उहीमाथि दमन छ

सृष्टिकर्ता हो नारी उहीमाथि दमन छ ममताकी खानी हो नारी उसकै प्रेम अमन छ पराधीन छ जीवन उसको दासी भै बाँच्नु पर्दछ तैपनि सहन्छे नारी उहीमाथि विष वमन छ ।

आमाको आँसु

तर, आमाको खुसी धेरै दिन टिकेन । दुवैको चन्द्रमाको जस्तो मुहारमा बादल लागेको देखियो । हुँदाहुँदा सासूबुहारीको अहंकारको टकराव सुरु भयो । आमाको दरो माग उहाँलाई वृद्धाश्रममा बस्नु थियो । मैले आमाको त्यो माग पनि मन नलागीनलागी पूरा गरिदिएँ ।

खेमराज पोखरेलका पाँचवटा लघुकथा

उनले मेरा नजिकै आएर नाडीमा च्याप्प समाएर भनिन् : ए तपाई त ढुंगामाटाको थुप्रालाई घर भन्नु हुँदो रहेछ कि क्या हो ! यता हेर्नुस् त, भित्री मनले हेर्नुस् नि । मलाई बेस्सरी छाम्नुस् त । म लडूँली नि, दह्रोसँग अँठ्याउनुस् । म उस्तै छु । व्यर्थै चिन्ता गर्नुहुन्छ, हाम्रो मन कहाँ भत्किएको छ र ! हाम्रो घर कहाँ बगाएको छ र !

पङ्खा व्यापारी

सातौं दिनका दिन त्यो पङ्खा व्यापारी टुप्लुक्क दरबारमा आइपुग्यो । राजा छक्क परे । ‘कहिल्यै नबिग्रिने पङ्खा भन्थिस् त ? मेरो त तुरुन्तै बिग्रियो । यसरी ठग्ने ?’ राजाले झपारे । ‘हैन हजुर, हजुरले चलाउन जानिबक्सेन होला’व्यापारीले भन्यो ।‘अनि कसरी चलाउने त ?’ राजाले सोधे ।‘इ यो लिइबक्स्योस् हजुर’ अर्को पङ्खा दिँदै व्यापारीले भन्यो ‘पङ्खा सीधा राख्ने र टाउको दायाँ, बायाँ हल्लाउने हजुर, कहिल्यै बिग्रदैन ।’

डा. पुष्करराज भट्टका पाँच लघुकथा

श्रीमानश्रीमती बीचमा वार्तालाप चलिरहेको थियो । डाक्टर पत्नीेले एकाएक देखिन्, एक हुल मानिस उनीहरूको घरतिर आइरहेका थिए । उनले प्रस्टै देखिन्, त्यस समूहमा टोलका मानिसहरू धेरै थियो । ती मानिस आए, कसैसँग केही नसोधी मुख्य गेटमा एक बोर्ड झुन्डाए । डाक्टर पत्नीले बोर्डमा लेखिएको अक्षर पढिन् । त्यसमा लेखिएको थियो –कोरोनापीडितको घर ।

मृत्युञ्जयको निम्तोमा

कठजोरबाट बिहान उठेर कुदाकुद गर्दै त्यो बस समात्नु प्रायः असम्भव नै थियो । त्यसैले देश–काल–परिस्थितिगत बाध्यताले गर्दा नै मैले कठजोरको यात्रा मोटरको आरामदायी आसनमा बसेर थाल्नुपर्ने थियो भोलि । जे होस् कठजोरमा रातै बस्ने गरी गएर त्यहाँका धेरैभन्दा धेरै कुरा हेर्ने–बुझ्ने मेरो धोकोलाई समयसीमाले बन्दी बनाए पनि आखिर त्यस ठाउँको दर्शन–अवलोकनको सौभाग्य त मिल्दै थियो नि मलाई । त्यसैमा म सन्तुष्ट थिएँ र भोलि एकाबिहानै थालिने त्यस साहित्यिक तीर्थस्थलको यात्राको अतिरिक्त उमङ्ग र आनन्दको कल्पनाले फुर्फुरिँदै थियो मेरो मन साँझको धुनीगफको रमाइलो रन्कोलाई पनि उछिनेर ।

तीज मनाउने चेलीलाई माइतीघरको सन्देश

आमाहरूले गाउने सँगिनी र छोरीहरूले नाच्ने मारुनी संकटको बादलभित्रै गुटमुटिएको यो कहालीलाग्दो क्षणमा कहाँ भित्रिन सक्छ र पर्वको उजेलो नआउनू माइती र नगाउनू लयबद्ध गीतहरू यसपटक तिमीले छमछमी नाच्ने आँगन नै छोइछिटोको त्रासमा शोक बारेर बसेको बेला

मेरो संसार

कैल हान्छ भैंचालोले, कोरोनाले कैले खेतबारी बाढी पस्यो बेघरको मैले कहाँ पाऊँ छानो ओत छाक टार्ने नुन आकाशका तारा गन्ने कस्तो मेरो दिन !

आफ्नै छोराको कमाइ बाले देख्नु परेको छैन

बाआमाको नजरले सन्तान सधैं बच्चा देख्छ हुर्काउँदाको संघर्ष बच्चाले देख्नु परेको छैन तिमीलाई गन्तव्य देखाउन आँखा फुटाएको हुँ तिमी पुगेको ठाउँ यो अन्धाले देख्नु परेको छैन ।

बटुको भित्रको बस्ती

मरेपछि डुमै राजा भन्नेहरूको बथान भेटेपछि कलियुगका पिङ्गलाहरूको छनकमनक झन्झन् चम्कने नै भयो । सत्र–अठार हिउँदपछि लटरम्म फलफूल बोकेकादेखि तीस पैँतीस वर्षसम्मका फूलपाती जोगाउनै मुश्किल परिसकेकाहरू पनि रातकी रानीको अभिनय स्वाभाविक बनाउने कोशिशमा देखिन्छन् । बाहिरबाट हेर्दा मन प¥यो भने मोलमोलाइ हुन्छ । भित्री कोठा वा अन्य स्थलमा रसरङ्गमा लुटपुटिने बन्दोबस्त मिलाउँछन् तिनै युवतीहरू ।

त्रिवेणी संयोगमा बुवालाई सम्झिँदा

नेपाल पुगेर बुवाको अनुहारको खुसी पढ्न पाएको छैन । मनमा कुण्ठा बोकेकै छु । आफ्नै सुस्केराका सुसाइहरू यस्ता जब्बर भइदिन्छन् कि जिन्दगी ‘भ्यागुताको धार्नी’ भइरहेछ र पनि बुवाका सुस्केराहरू मेरा मानसपटलमा घुमिरहेका छन् । बुवाका सुस्केराहरूका कणकण आएर ममा ठोकिन्छ । बुवाले पढ्न बाध्य पारेका क्षणहरू अहिले स्वर्ण भएर आइरहन्छन् । त्यसैले पनि आफूलाई धन्य ठान्दछु । किनभने यो आजको त्रिवेणी संयोगले मेरा पोल्टामा मुरीमुरी सुखद खुदो पारिदिएको छ । शुभ जन्मदिन बुवा, शुभ कुशे औँसी बुवा ।

फूलको थुंगा बहेर गयो गंगाको पानीमा....!

कस्तो अकस्मात्को निधन, कस्तो बेखबरको निधन । न कुनैं विमारी न कुनैं अस्पताल ? उहाँले आफ्नो निधनको बारेमा पनि पूर्व जानकारी पाउनुभएको जस्तो । उहाँको गीतका प्रत्येक शब्दहरूमा सुने, देखें, जुन गीत निधनपछि मात्र बजाउने उहाँको इच्छा रहेछ र मृत्युअघि नसुन्ने बाचा गर्नुभएको रहेछ

मायाको अथाह भूगोल पिता

कसैले मसंग सोध्दै थियो, ईश्वर देखेकी छौ मायालाई तिमी कसरी परिभाषित गर्छौ म मन्द मुस्कानसहित एउटै जवाफ दिन्छु ‘पिता’ । मायाको एउटै परिभाषा ‘पिता’ । साच्चै पिता, शक्ति, सुरक्षा र हिम्मतका प्रतिमूर्ति हुन्, ज्ञान, सागर र आर्दशका धरोहर हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्