रविना नरालका तीन कविता
सबै जना हाँसीखुशी बाबाको मुख हेर्नै दिन मनाइरहँदा म भने नजरलाई साउने भेलबाट बग्न रोक्दै मेरी उही देवी आमालाई तिम्रो रुपमा सम्मान गरी हाँस्न कोसिस गर्छु
सबै जना हाँसीखुशी बाबाको मुख हेर्नै दिन मनाइरहँदा म भने नजरलाई साउने भेलबाट बग्न रोक्दै मेरी उही देवी आमालाई तिम्रो रुपमा सम्मान गरी हाँस्न कोसिस गर्छु
साहित्यको फाँटमा उज्ज्वल तारा बनी हामी सबैले मुस्कुराइराखेको देख्न पायौ जुन धर्तीमा जन्म्यौ त्यही धर्तीमा तिमी एकसय एक वर्षको उमेरमा मरेर गए पनि तिम्रा ती सिर्जनाहरू अमर रहिरहनेछन् तिमीलाई हामीले सधैँभरि सम्झिरहनेछौ ।
सानैदेखि बुबाकी सबैभन्दा प्यारी अनि भरपर्दी छोरी म । मैले जे भने पनि सकेसम्म नकार्न सक्नुभएन बुबाले । मैले चाहिँ के कसो गरेँ बुबाले मनन् गर्नुभयो होला । यस्तै यस्तै धेरै कुराले मलाई बुबाबाट व्यवहारिक ज्ञान सिक्ने अवसर मिल्यो । बुबाकै आदर्श र व्यवहारले मैले मान्छे भएर बाँच्न सिकेँ । मेरा लागि बुबा खुल्ला विश्वविध्यालय झैँ लाग्नुहुन्थ्यो ।
न दिनमा न रातमा निन्द्रा भएपछि उसलाई खानामा अरूची हुन थाल्यो। पेट दुख्ने का साथै ग्यास्ट्रीक पनि बढ्न थाल्यो । त्यस पछि टाउको दुख्ने, आँखा सुन्निने र आँखाको वरपरचिलाउने आदि समस्या बढ्दै गयो। त्यस्तो अवस्थामा उ ड्युटी जान सकेन । उसले कुन दिनमा घरबाट हिडिएछ भन्दै उ नुन खाको कुखुरा जस्तो झोक्राएर बस्थ्यो । अनि आफुले आफैलाइ मनमनै सराप्थ्यो ।
मेरै छातीमा टेकेर पहाड उभिन्छ अनि भन्छ म अग्लिएँ र मेरै छातीमा सुतेर नदी निदाउँछ अनि भन्छ म अविराम बगिरहेँ , मेरै आँखाबाट हिमशिखर पग्लिन्छ अनि भन्छ म नदी भएँ ।
तर म तिम्रो बाबासंग जान मानिन । तिम्रो मायाले म जान सकिन छोरी । तिम्रो आँखामा आँसु कसरी देख्न सक्छु र म ? तिम्रो बाबालाई भनिदिएँ – ‘हजुरले यो दुःखको संसारमा मलाई एक्लै छोडेर जानुभो । तर, म मेरी छोरीलाई एक्लै छोडेर हजुरसंग जान सक्दिनँ । यो डरलाग्दो र घिनलाग्दो समाजले मेरी सोझी छोरीलाई क्वाप्पै चपाएर मार्छ । उसको मार्गदर्शक बनेर, उसको आड आधार बनेर मैले बाँच्नुपर्नेछ । छोरीप्रतिको मेरो काम कर्तव्य सकिएको छैन ।
ऊ मान्छे,ढोका बन्द गरेर आज घरभित्र बसेको छनाक, मुखमा मास्क छआँखा जोगाउन मुश्किल छ ।
जिरी एउटा थियो । फोटा तीन थिए । छोरीका फोटामा जिरी अग्र्यानिक अप्सराझैँ लाग्दथ्यो । डिम्पल देखाएर सुन्दरी मुस्कुराएझैँ लाग्थ्यो । परम्परागत घरहरू थिए । झिँगटीका छनाहरू थिए । काठका दलीन थिए । बुर्जा थियो । रातो माटोले लिपेका ओसारीहरू थिए । जिरेल पोसाकहरू साँच्चि मनमोहक थिए । पहाडमा हिँउ निकै राम्रो, निकै राम्रो मनमोहक थियो ।
पश्चातापले फर्की आउँदा बाटामा तिमीले जँघार तरेको खोलाको मुहान यै आँखा हो।
हेर लक्ष्मी ! जमाना बदलियो तर चाहना बदलिएको छैन । जमानाअनुसार चल्न नसक्ने मान्छे काम नलाग्ने भएको छ । म पनि त्यसकै अनुयायी भएको छु । अब म चिठीको साटो पोस्टकार्डमा लेख्ने भएको छु । फेरि तिमी नै भन त ! प्रेम, प्यार, सम्झना, चुम्बन ! यी अनावश्यक शब्द चिठीमा उल्लेख गर्नुको अर्थ ठाउँ ओगट्नु मात्रै हो । मसँग धेरै ठाउँ हुन्न; धेरै मसी हुन्न र धेरै समय पनि रहन्न ।
म ऊप्रति विश्वस्त हुँदै गएँ । ऊ मेरो सर्वस्व हो भन्ने लाग्यो । परदेशी कान्छाको न्यानो स्पर्शसँग म पनि रापिँदै गएँ, श्वासमा श्वास मुटुको धड्कन एक हुँदै गयो । मैले पनि कुनै नाइँनास्ति गर्न सकिनँ । उसले अँगालोमा बाँध्यो अनि आफ्नो तिर्खा मेट्यो । करीब दुई घण्टाको बसाईपछि हामी त्यहाँबाट फक्यौँ । त्यहाँबाट फर्किदा एउटा नयाँ सपना सजाएर फर्किएकी थिएँ । सुखद मिलनको अनुभूति गर्दै उसमा मैले आफ्नो भविष्य देखेकी थिएँ ।
पानी पँधेरो नजिक तुल्याउने मनै उदाङ्गो हाँसीमजा गर्दामा जोडिने दुई आत्मा सुखदुःख घिसार्दै ।
फोनैपिच्छे उपहार र पैसाको मात्र कुरा निकाल्ने आफन्तजनबारे सम्झिँदा मन हुँडलिएर आउँथ्यो । उनलाई यस अनजान भूमिमा फाल हानेर आएकोमा निकै पछुतो लागिरहेको थियो । अमेरिका आउनुअघि त उनले पनि विदेशमा पैसाको बोट छ भन्ने सोचेकी थिइन् । विदेशमा जति सजिलो होला भन्ने उनले अमेरिका आउनुपूर्व सोचेकी थिइन् त्यसो रत्तिभर पनि भएन ।
लौ न ए ज्योतिषी बा, मेरो देशको भाग्य हेरिदेऊ ! साढेसात र खड्ग छन् भने अर्को रेखा कोरिदेऊ । त्यति गर्दा पनि हाम्रा देशका दशाहरू टर्दैनन् भने च्यातिन लागेको मेरो देशको चिना नै फेरिदेऊ ।