यत्तिले अझै पुगेको छैन,आम व्यवस्था र कार्य शैलीको,प्रबलीकरण गर्नुपर्नेछ,टाल्नुपर्ने छ व्यवस्थामा भएका छिद्रहरू,उठ्नु छ/उठाउनु छ यो देशको सान, उठेझैं सगरमाथाको उचाइ!
बालबालिकालाई नेपाली भाषाका माध्यमबाट प्रारम्भिक शिक्षा दिनुपर्छ भन्ने कुरामा जयपृथ्वी दत्तचित्त भएर लागेका थिए। उनले १९५८ सालमा बालबालिका लागि उपयुक्त ‘अक्षराङ्क’ नामक पुस्तक लेखेका थिए। पाशुपत छापाखानामा एक हजारप्रति छापिएको यस पुस्तकले नेपाली समाजमा नयाँ क्रान्ति ल्याएको थियो।