१५ मंसिर २०८१ शनिबार
image/svg+xml

कोरियाली कम्पनीद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई एक करोड

दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ। उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गरेका हुन्।

मुम्बइमा भवन भत्किँदा ४० जना पुरिए, उद्धार जारी

भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ। ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ।

वेश्यालयकै ग्राहकले गरे उद्धार

वैवाहिक घरजम गरेर सुन्दर भविष्य बनाउने सपनाको प्रलोभनमा परी दुई वर्ष अघि गाउँकै नजिककी भाउजुले चिनाइदिएको एउटा युवकसँग भागेकी उनी भारतको नयाँ दिल्ली स्थित कोठीमा पुगिन्।

राहत वितरण र उद्धारमा धुर्मुस

हास्य कलाकार एवं धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल 'धुर्मुस'ले बिहीबार जिल्लाको लालबन्दीस्थित बाढीपीडित मुसहर बस्तीमा राहत वितरण गरेका छन्। राहत वितरणसँगै धुर्मुसले आगोले पोलेर छ महिनादेखि सख्त घाइते एक मुसहर महिलाको उपचारका लागि व्यवस्थासमेत मिलाइदिएका छन्।

स्पेनले ६०० आप्रवासीहरूको उद्धार गर्‍यो

स्पेनको तटरक्षक टोलीले करिब ६०० आप्रवासीहरूलाई उद्धार गरेको छ । उद्धार गरिएकाहरू मध्ये ३५ जना बच्चा  र एक शिशु छन्।  १५ वटा जहाजमा आप्रवासीहरूलाई राखी उद्धार गरिएको  तटरक्षक टोलीले बताएको छ। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक तथ्यांक अनुसार स्पेनमा अहिलेसम्म ९ हजारभन्दा बढी संख्यामा आप्रवासी छन्। उक्त संख्या गत वर्षको तुलनामा ३ गुणाले बढी हो।

जनप्रतिनिधि नहुँदा राहत र उद्धारमा सकस

'झरीमा कष्टसाथ रात काट्न थालेेको चार दिन भयो। स्थानीय प्रशासक चढेको गाडी यहींबाट पटकपटक ओहोरदोहोर गर्छ तर कसैले एकमुठी पनि खानेकुरा दिएनन्।' तिलाठी कोइलाडी गाउँपालिका–५ का देवकुमार मुखियाको भनाइ हो यो। बाढीबाट विस्थापित उनको परिवार आफन्तले पठाएको त्रिपालमुनि हनुमाननगर–कुनौली बाँधको छेउमा भोकभोकै बस्दै आएको छ।

३ लाखमा बेचिएकी मुनाको दुबई विमानस्थलबाट उद्धार

आइतबार साँझ मुना डाँगी दुबई अन्तरार्ष्ट्रिय विमानस्थलमा थिइन्। अगस्ट ६ मा दुबई आएकी उनलाई दलालले ७ दिनसम्म अजमानको एउटा कोठामा राखेपछि उनी कुवेत उड्न लागेकी थिइन्।

उद्धार कार्यका लागि केन्द्रीय कमाण्ड पोष्ट गठन

गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज बसेको आकस्मिक बैठक केन्द्रीय कमाण्ड पोष्ट गठन गरेको छ।

उद्धार र राहतमा ध्यान देऊ

सरकार बाढीपीडितको उद्धार, राहत र स्थानान्तरणमा कुनै कसर बाँकी नराखी अघि बढ्नुपर्छ। विपत्तिको यस घडीमा राहत तथा उद्धारका लागि राजनीतिक दलहरूदेखि नागरिक समाजसम्म सबै एकजुट भएर लाग्न आवश्यक छ।

बाढी पहिरोबाट ३० को मृत्यु, गृहमन्त्रीद्वारा उद्धार तीब्र पार्न निर्देशन

गृहमन्त्री जनार्दन शर्माले देशै भरी बाढी पहिरोका कारणले मृत्यु हुनेहरु प्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तिव्र पार्न निर्देशन दिएका छन्। शनिबार बिहान गृहमन्त्रालयमा पत्रकारहरुसँग बोल्दै उनले देशै भरीको जन धनको क्षतिका बारेमा अवगत गराएका थिए।

बाढी-पहिरो पीडितको उद्धारमा खट्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनहरूलाई निर्देशन दिएका छन् ।

विदेशमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालय सक्रिय

वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुक पुगी अलपत्र परेका नेपाली कामदारको उद्धार कार्यमा परराष्ट्र मन्त्रालयले सक्रियता बढाएको छ।

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

सुत्केरी व्यथाले थलिएकी उत्तरी गोरखाको धार्चे गाउँपालिका केरौंजा गाउँकी २९ वर्षीया सरिता गुरुङको शुक्रबार हेलिकोप्टरबाट उद्धार गरी राजधानी लगिएको छ।

गम्भीर घाइते प्रहरीको हेलिकप्टरबाट उद्धार

सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी सहायक निरीक्षक(असई) गेहेन्द्र बुढाथोकीलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । हेटौंडाको चुरेहिल अस्पतालले रिफर गरेपछि उनलाई काठमाडौंको ग्राण्डी अस्पताल पठाइएको हो ।

प्राकृतिक विपतबाट गाउँ जोगाउन उद्धार सामाग्री वितरण

वर्षातको सुरुवात हुनै लाग्दा प्राकृतिक प्रकोप बढी हुने गाउँहरुका लागि विभिन्न उद्धार सामाग्रीहरु वितरण गरिएकोछ । स्थानीय विपत व्यवस्थापन समिति मार्फत पूर्व सूचना तालिम सहित  जिल्लाको पूर्वी क्षेत्रका साविकका चार गाउँविकास समितिहरुका लागि सामाग्रीहरु वितरण गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्