१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सांसद बजगाईँद्वारा बिरामीको उद्धार

सांसद राजेन्द्र बजगाईँले अंग्रेजी नयाँ वर्षको पहिलो दिन सोमवार आफ्नो जिल्ला गोर्खाको उत्तरी क्षेत्रबाट एकजना गम्भीर बिरामी वृद्धलाई हेलिकोप्टरबाट उद्धार गरेका छन्।

गाजा युद्धमा घाइते ६०० भन्दा बढी इजरायली सेनाको उद्धार

दुई महिनाभन्दा बढीको अवधिमा करिब ३०० उद्धार उडानबाट ती सैनिकहरूको उद्धार गरिएको सेनाले जनाएको छ।

बेपत्ता कीर्तिमानी आरोही शेर्पाको खोजी अर्को वर्ष

हिमपहिरोमा बेपत्ता कीर्तिमानी आरोही तेन्जेन शेर्पाको खोजी तथा उद्धार अर्को वर्ष मात्रै हुने भएको छ।शेर्पा दुई महिनाअघि हिमाल चढ्ने क्रममा गत अक्टोबर ७ मा बेपत्ता भएका थिए।

खाडीबाट जोगिएकी महिलालाई फुलमालाले स्वागत

रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ।

डोल्पाबाट मुस्ताङ आउँदै गर्दा हराएका पर्यटक र गाईडको सकुशल उद्धार

डोल्पाबाट पदयात्रा गर्दै मुस्ताङ आउने क्रममा पाँचदिनदेखि सम्पर्कविहीन बनेका विदेशी पर्यटक सहितको समूहलाई मुस्ताङ प्रहरीले सकुशल उद्धार गरेको छ। पदयात्राको क्रममा डोल्पाबाट पसेर मुस्ताङ निस्कने क्रममा उनीहरुले बाटो बिराएका थिए।

भूकम्पपीडितका लागि प्राधिकरणद्वारा एक करोड रूपैयाँ प्रदान

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको एक करोड रुपैयाँको चेक आज हस्तान्तरण गरेको छ।

भूकम्पपीडितको उद्धार र राहतको अनुगमन गर्दै आयोग

जाजरकोट भूकम्पका पीडितले उद्धार र राहत समयमा नपाउँदा दैनिकी कष्टकर बनिरहेको गुनासो आएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सोबारे विस्तृत अनुगमन गर्ने भएको छ। जाजरकोट भूकम्पबाट पीडित परिवारलाई सरकारले उपलब्ध गराइरहेको राहत तथा उद्धारको प्रभावकारिताबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको हो।

‘प्रभावितको उद्धार सक्यौँ, राहत र पुनःस्थापना जुटेका छौँ’: घर्ती

जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले उद्धार कार्य सकेको बताएका छन्।

रुकुमका भूकम्पपीडितलाई सहयोग पुर्याउन स्थानीय सरकारको आह्वान

गएराति गएको भूकम्पबाट अतिप्रभावित रुकुमका स्थानीय तहका प्रमुखले पीडितको उद्धार र राहत कार्यमा थप सहयोग पुर्याउन प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरेका छन्।

भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न राप्रपाद्वारा अपिल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न सबैलाई अपिल गरेको छ।

सभापति देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्