१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

चीनबाट नेपालीको उद्धार: यसरी गरिँदैछ तयारी

सरकारले चीनको हुबेई प्रान्तबाट उद्धार गरेका ल्याइएका नागरिकलाई भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन राख्न तयारी पूरा गरेको छ।

वुहानबाट नेपाली विद्यार्थीको उद्धार फागुन पहिलो साताभित्र

चीनको वुहान सहरमा रहेका नेपाली विद्यार्थीलाई माघको पहिलो साताभित्र उद्धार गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

हुम्लामा गर्भवतीको २० घण्टापछि उद्धार

सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाबाट उद्धार गरिएको छ।

चीनबाट ६४० भारतीयकाे उद्धार

भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको वुहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ।

चीनबाट विद्यार्थीको उद्धारमा ढिला गरेकोभन्दै धर्ना

‘स्वास्थ्य मन्त्रालय एक्लैले उद्धारको काम गर्न नसक्ने भएकाले सबै निकायसँग समन्वय गरी मन्त्रिपरिषद्को निर्णय लगत्तै चीनमा रहेका विद्यार्थीलाई नेपाल ल्याउने काम सुरु हुने छ।’

उद्धार गरिएका ३० पुनः सडकमा फिर्ता

आश्रयस्थल हुँदै परिवारसम्म पुगेका पनि पुनः सडकमा नै फर्किने गरेका छन्। हालसम्म काठमाडौँका विभिन्न स्थानबाट ६४७ को उद्धार गरिएकामध्ये ५४५ पुरुष र १०२ महिला र १६ बालबालिका रहेको जनाइएको छ। यसैगरी ५२३ लाई परिवारसँग पुनर्मिलन गराइएको र तीमध्ये ३० सडकमा पुनः फर्केका बताइएको छ।

७६ गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

समन्वय इकाईकी प्रमुख अञ्जु ढुंगानाका अनुसार जटिल स्वास्थ्य समस्या भएर ज्यानै जाने अवस्थामा पुगेका दुर्गमका ७६ जना गर्भवती र सुत्केरी महिलाको ज्यान राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईको पहलमा बचाइएको छ।

गाउँगाउँमा सेनाको उद्धार अभ्यास सुरु

जुम्लामा नेपाली सेनाले गाउँगाउँमा उद्धार अभ्यास थालेको छ। यहाँका हरेक स्थानीय तहसँग समन्वय गरेर नेपाली सेनाले गाउँगाउँमा उद्धार अभ्यास थालेको हो। बाढीपहिरो जाँदा, नदीमा भेलबाडी आउँदा र सवारी दुर्घटना हुँदा गर्नुपर्ने उद्धार कार्य सम्बन्धि अभ्यास सुरु गरेको नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डा जुम्लाले जानकारी दिएको छ। स्थानीयबासिन्दाको प्रत्यक्ष सहभागितामा भइरहेको यो अभ्यासले स्थानीयलाई समेत सचेत बनाएको छ।

वन्यजन्तु उद्धार केन्द्रमा विवाद

चिडियाखानाको अवधारणाअनुरूप स्थापित वन्यजन्तु उद्धार केन्द्र यतिबेला विवादमा परेको छ। आन्तरिक विवादमा रुमलिएपछि सबै काम पूर्ण रूपमा ठप्प छन्।

‘बलि’ दिन भारत लगिएकी किशोरीको उद्धार

‘बलि’का लागि काठमाडौंबाट भारत लैजाँदै गरिएकी एक किशोरीको नेपाल–भारत सीमाक्षेत्र जोगवनीआसपासबाट सकुशल उद्धार गरिएको छ।

बेपत्ता १३ जनाको हेलिकप्टरमार्फत उद्धारको तयारी, मौसम बाधक

जुम्लाको तिला गाउँपालिका ९ शेरा फुलबारी पाटनमा बेपत्ता भएका १३ जनाको उद्धारको लागि सरकारले हेलिकप्टर पठाउने तयारी गरेको छ। गृहमन्त्रालयले उद्धारका लागि हेलिकप्टर पठाउन निर्देशन गरिसकेको छ।

तिलिचोमा रोकिएका पर्यटकको उद्धार

मनाङको तिलिचो ताल (४९१९ मि) पुगेका २३ जना विदेशी पदयात्री र उनीहरुका १० जना नेपाली सहयोगी गाइडको सकुशल उद्धार गरिएको छ। तिलिचो पुगेका ती पर्यटक हिमपात र अधिक हावा चलेपछि पैदल फर्किन सकेका थिएनन्।

तिलिचोमा रोकिएका २३ पर्यटक र १० गाइडको उद्धार

मनाङको तिलिचो ताल (४९१९ मि) पुगेका २३ जना विदेशी पदयात्री र उनीहरुका १० जना नेपाली सहयोगी गाइडको सकुशल उद्धार गरिएको छ।

दुई नेपाली महिलाको उद्धार

माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ। राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्