१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

विदेशबाट उद्धार गर्नेको हिसाब हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकामध्ये कतिलाई उद्धार गर्नुपर्ने हो भन्नेबारे अध्ययन भइरहेको बताएका छन् । मंगलबार संघीय संसदमा आगामी वर्षको बजेटका नीति तथा कार्यक्रमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले विदेशबाट ल्याउनुपर्ने नेपालीबारे सरकारले हिसाबकिताब गरिरहेको बताए ।

मजदूरको उद्धार

निर्माणाधीन १११ मेगावाटको रसुवागढी हाइड्रोपावरमा काम गर्ने एक मजदूरलाई आज सूर्यकुण्ड फेदीबाट उद्धार गरी काठमाडौँ पुर्‍याइएको छ।

तीन सय हुम्लीको उद्धार

नेपाल सरकारले लकडाउनको समय बढाउँदै गएपछि कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका नागरिकको उद्धार गरेको छ।

महाकालीमा बगेकी एक महिलाको जीवितै उद्धार

महाकाली नदीमा बगेकी एक महिलालाई प्रहरीले जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाएको छ।

दुर्घटनामा सहचालकको मृत्यु : सबै यात्रु सकुशल

लकडाउन जारी रहदा अलपत्रमा परेकालाई उद्धारमा खटेको यात्रुबस  दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ।

जुम्लाबाट राजापुर हिँडेका मजदूरको उद्धार

जुम्लाबाट पैदल यात्रा गरी बर्दियाको राजापुर पुग्ने लक्ष्य लिएर पैदल हिँडेका राजापुर नगरपालिकाका ३९  थारु समुदायका कामदारलाई यहाँ उद्धार गरिएको छ।

गाउँपालिकाद्वारा उद्धार

बन्दिपुर गाउँपालिकाले कोभिड–१९को जोखिम हुन नदिन लकडाउन  जारी रहेपछि समस्यामा परेका इँटाभट्टामा काम गर्न २५ जना मजदूरलाई घर पुर्‍याउन सहयोग गरेको छ।

सुत्केरी क्वारेन्टाइनमा

पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरीलाई बागलुङमा उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ।

राजमार्गमा रोकिएका पैदलयात्रुको उद्धार

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा रोकिएका पैदलयात्रीलाई प्रहरीले आइतबार उद्धार गरेको छ।

दुई सय २८ विदेशी स्वदेश फर्किए

शुक्रबार नेपालमा अलपत्र विभिन्न १९ मुलुकका दुई सय २८ जना स्वदेश फर्केका छन् । बेलायतबाट रित्तै आएको टाइटन एयरको बोइङ ७६७ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई सय २८ जनालाई दुबई हुँदै बेलायत उडाएको विमानस्थल कार्यालयले जनाएको छ ।

पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी घुम्न आएका दुई पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ।

इच्छाकामना गाउँपालिका अध्यक्षद्वारा अलपत्र मजदूरको उद्धार

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि विभिन्न जिल्लाबाट घर जान आएका मजदूरको इच्छाकामना गाउँपालिकाले उद्धार गरेको छ।

समस्यामा परेका श्रमिकको उद्धार पहल गर्न आदेश

न्यायाधीश सपना मल्ल प्रधानले दिएको अन्तरिम आदेशमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फिर्ता ल्याउने-उद्धारका लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न भनिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्