२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

सुत्केरी क्वारेन्टाइनमा

बलेवा - पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरीलाई बागलुङमा उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ। रोल्पाको सुनछहारी गाउँपालिका ५ स्थायी घर भई पोखरामा मजदूरी गर्दै आएका उनी आइतबार दुई महिनाको छोरा बोकी पैदल हिँडेर बागलुङ आएका हुँन्। 

 उनीसँगै आएका सोही गाउँका अन्य ६ जनासहित उनलाई पनि पर्वत र बागलुङको सिमाना माल्ढुंगाबाट प्रहरीले उद्धार गरेर बागलुङ नगरपालिका –१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको छ। उनका श्रीमान् पनि सँगै छन्। उनीहरुलाई र्‍यापिड डायग्नोष्टिक टेष्ट  गरेर सवारी साधनको व्यवस्था गरी रोल्पा पठाउने तयारी भइहेको छ। उनलाई आइतबार साँझ र सोमबार दिउँसोसम्मको खानाको व्यवस्था बागलुङ नगरपालिकाले गरेको नगर प्रमुख जनकराज पौडेलले बताए। रासस

प्रकाशित: ९ वैशाख २०७७ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App