१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बाढीमा तीन जना बेपत्ता, तीनको सकुशल उद्धार

गएरातिदेखि भइरहेको अविरल वर्षासँगै कैलाली जिल्लाको काँडा नदीमा आएको बाढीमा बगेर स्थानीय तीन जना बेपत्ता भएका छन् । भजनी नगरपालिका–८ का ईश्वर शाह, चक्र विक र ११ वर्षीय स्केल चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए ।

के हो सर्प उद्धार ?

सर्पले आफ्नो प्राकृतिक वासस्थानमा सुरक्षित महसुस गर्छ र त्यहीँ उसलाई नियमित जीवनयापनमा सहज हुन्छ। अप्ठेरोमा परेका सर्प वा अजिंगरलाई समातेर अनावश्यक दुःख दिनु उद्धार होइन।

चीनसँगको अन्तरदेशीय लाइन : यो आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकन सकिने

चालु आर्थिक वर्ष २०७७/७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम सकिने भएको छ। रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाका अनुसार १४ महिनामा काम सक्ने गरी एनइए इन्जिनियरिङ कम्पनीले काम सुरु गरिसकेको छ।

एकै दिन पन्ध्र अन्तर्राष्ट्रिय उडान, फर्किए एक हजार २४९ नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १५ अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका एक हजार २४९ नेपाली स्वदेश फर्किएका हुन्।

सिसुवा पहिरोमा चारको जीवितै उद्धार,हराइरहेकाको पहिचान

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ। पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन्।

डुब्यो ‘गोबरगाढा’ गाउँ, डुबान पीडितको उद्धारका लागि हाइअलर्टमा उद्धारकर्मी

मनसुनसँगै निरन्तरको बर्षापछि कोसी नदीमा बढेको पानीको बहाव हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा गाउँ पसेपछि ढुबान भएको छ ।

बाढी पहिरो पीडितलाई तत्काल उद्धार गरी विद्यालय भवनमा राखिने

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग गरेको छलफलमा तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल गरेको छ ।

बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन नेता खनालको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले बाढीमा बेपत्ता भएकाको खोजीलाई तीव्रता दिन, उद्धार र राहतलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेका छन्।

बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर

सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ। मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो।

विदेशमा अलपत्र परेकाको उद्धार जारी

दुई एयरलाइन्सले विभिन्न मुलुकबाट दैनिक औसत पाँचदेखि छवटा अन्तर्राष्ट्रिय उडान गरी समस्यामा परेका नेपालीलाई उद्धार जारी राखेका छन्।

विदेशबाट १८ हजार २ सय ९३ जनाको उद्धार

कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि बिभिन्न देशमा रोकिएका नेपालीहरुको उद्दारको काम तीब्रता दिइएको छ। एनआरएनए र विदेशस्थित नेपाली कुटनीति नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्दार गरिएको छ।

थप उद्धार उडान गर्न अनुमति

कोभिड–१९ महामारीले विदेशमा अलपत्र परेका नेपालीलाई घर फर्काएनस्वदेशी विमान कम्पनीहरुले थप उडान अनुमति पाएका छन्। सरकारले गत जेठ २८ देखि सुरु गर्ने गरी नेपाल एयरलाइन्सलाई २४, हिमालय एयरलाइन्सलाई १९ र विदेशी विमान कम्पनीलाई २४ उडानको अनुमति दिएको थियो।

अलपत्र नेपालीको नियमित उद्धार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्