कोदोको रक्सीले आर्थिक समृृद्धिको ढोका खोल्छ : पूर्व सामाजिक विकास मन्त्री राई
पूर्व सामाजिक विकास मन्त्री राईले नेपाली पहिचान र राष्ट्रियता बोकेको कोदोको लोकल रक्सीलाई औद्योगीकरण गर्न सके आर्थिक समृृद्धिको मूलढोका खुल्ने बताएकी हुन्।
पूर्व सामाजिक विकास मन्त्री राईले नेपाली पहिचान र राष्ट्रियता बोकेको कोदोको लोकल रक्सीलाई औद्योगीकरण गर्न सके आर्थिक समृृद्धिको मूलढोका खुल्ने बताएकी हुन्।
घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘ब्यान्ड होइन ब्रान्ड’ बनाउनुपर्ने अभियान थालेकी प्रदेश नम्बर १ की सामाजिक विकासमन्त्री उषाकला राईको अवधारणा अनुसार प्रदेश नम्बर १ का योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको हो।
सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरेको छ ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छन्। स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवर्द्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिइन्।