१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

देशभर अझै तीन दिन तुँवालोः काठमाडौं प्रदुषणको प्रमुख कारण बारा, पर्सा र चितवनबाट निस्किरहेको धुवाँ

केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ। काठमाडाैं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ।

वायु प्रदूषणका कारण आँखाका बिरामी बढ्दै

दुई हप्तादेखि मकवानपुरको हेटौँडा आसपास क्षेत्रमा लागेको डढेलो र वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ।

वायु प्रदूषणले हवाई उडान फेरि प्रभावित

वायु प्रदूषणले पोखरा विमानस्थलबाट हुने हवाई सेवा पुनः प्रभावित भएको छ । झन्डै एकसाता अवरुद्ध रहेको उडान गत विहीबारदेखि सुचारु भएपनि सोमबारदेखि पुन प्रभावित भएका हुन् ।

डढेलोले बढायो वायु प्रदूषण

काठमाडौं उपत्यकामा शुक्रबार एकाएक बढेको वायु प्रदूषण शनिबार दिउँसो केही घटेको छ। शनिबार दिउँसो भैंसेपाटीमा रहेको वायु प्रदूषण मापक स्टेसनले वायुको गुणस्तर सूचकांक २ सय ९८ देखाएको छ। यसैगरी रत्नपार्कमा वायुको गुणस्तर सूचकांक १ सय ९८ रह्यो। यो सूचकांक शुक्रबार भैंसेपाटीमा ४ सय ४७ थियो भने रत्नपार्कमा २ सयको हाराहारीमा थियो।

राजधानीमा एकाएक बढ्यो वायु प्रदूषण

वातावरण विभागको वेबसाइटमा साँझ पौने ६ बजे भैंसेपाटीको वायु गुणस्तर सूचकांक (अक्वा) चार सय सतचालीस रेकर्ड भएको उल्लेख छ। यो जनस्वास्थ्यका लागि अत्यधिक घातक स्तर हो। अमेरिकी राजदूतावासमा राखिएको वायु प्रदूषणमापक स्टेसनमा सोही समयमा यो अंक २९४ रेकर्ड भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्