बाढीको वितण्डा, २९ को मृत्यु
दुई दिनदेखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढीपहिरोमा परी २९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले बाढीपहिरोबाट सुनसरी, मोरङ, झापा, पाँचथर, सिन्धुली, बाँके, सर्लाही, दाङ, पाल्पा, बर्दिया, बारालगायत जिल्लामा २९ जनाको मृत्यु भएको जनाएको छ।