उर्लाबारी (मोरङ)—मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित बक्राहा खोलाले बगाएर आज साँझ एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिका–२ का ३२ वर्षीय गंगाराम खतिवडा छन्। मधुमल्ला बजारस्थित आफन्तलाई भेटेर घर फर्कने क्रममा खतिवडालाई बक्राहा खोलाले बगाएको हो। खतिवडालाई साँझ साढे ६ बजे मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए। रासस
प्रकाशित: २७ श्रावण २०७४ १४:३१ शुक्रबार