अमेरिकामा नेपाली युवकको मृत्यु
अमेरिकाको बोष्टनमा नेपाली युवक जयेन्द्रदेब आचार्यको मृत्यु भएको छ। ३० वर्षीय उनको गए राति घरमै सुतिरहेको अवस्थामा हृदयघातबाट निधन भएको हो।
अमेरिकाको बोष्टनमा नेपाली युवक जयेन्द्रदेब आचार्यको मृत्यु भएको छ। ३० वर्षीय उनको गए राति घरमै सुतिरहेको अवस्थामा हृदयघातबाट निधन भएको हो।
रौतहटको गरुडामा शनिवार सडक किनारको खाल्टोमा डुबेर मृत्यु भएका चार बालिकाको घटना सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली घटनास्थलको निरीक्षण गरेको छ।
बसले मोटरसाइकललाई ठक्कर दिएर २० फिटपरसम्म घिसार्दा २२ वर्षिय अभिशेक घिमिरेको मृत्यु भएको छ। कलंकीको लामपाटीमा मंगलबार बसले घिमिरेले चलाएको मोटरसाइकल ठक्कर दिएको हो।
रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेवेशीमा वर्षासँगै आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्।
भियतनामको उत्तरी क्षेत्रमा पर्ने विभिन्न पहाडी इलाकामा आएको भीषण बाढीमा परी २६ व्यक्तिको मृत्यु भएको समाचार छ ।
ललितपुरको कुसुन्तीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । लागु औषध कारोबारमा संलग्न भएको सूचनाका आधारमा प्रबिन खत्रीलाई प्रक्राउ गर्न खोज्दा उनको मृत्यु भएको हो।
सुनसरीको इनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा रहेको पेट्रोल पम्प अगाडि निजी कारले पैदल यात्रीलाई ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ।
युएईको अबुधावीमा एक नेपालीको मृत्यु भएको छ। युएईको अबुधावीस्थित एक सेक्युरिटी कम्पनीमा कार्यरत बुटवलका योगेश सापकोटाको शनिबार साँझ मृत्यु भएको हो। सापकोटा काठमाडौंको सामाखुसीमा रहेको शिवाकोटी मेनपावरबाट गत जुलाई १० गते सेक्युरेटीमा काम गर्न युएई आएका थिए। यूएई आएको २५ दिनमै उनको मृत्यु भएको छ।
बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताए।
छिमेकी रामएकबाल साहको घरमा भैंसी ब्याएपछि गरुडा नगरपालिका–४, गरुडा टोलका योगेन्द्र साहकी छोरी सुनैनाकुमारी (९) दौडेर त्यता गइन्। उनका साथीहरू सुनिताकुमारी (९) र संगीता (१२) भैंसीलाई घाँस काट्न जाने तयारीमा थिए। सुनिताकुमारी र संगीता रामएकबालका छोरीहरू हुन्।
रौतहटमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । रौतहटको इलाका प्रहरी कार्यालय गरुडादेखि पानीट्यांकी जोड्ने निर्माणाधिन सडकमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो ।
सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकस्थित राजमार्गमा शुक्रबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रामधुनी नगरपालिका–२ बस्ने २१ वर्षीय शिवराम चौधरीको मृत्यु भएको छ।
नयाँ बानेश्वरस्थित एभरेष्ट होटल नजिक सवारी साधनको ठक्करबाट शनिबार बिहान एक युवकको घटनास्थलमै मृत्यु भएको छ।
नयाँ बानेश्वरस्थित एभरेष्ट होटल नजिक सवारी साधनको ठक्करबाट आज बिहान एक युवकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लामा स्वाइन फ्लूका शंकास्पद चार जनाको मृत्यु भएको छ। उपचारका लागि काठमाडौं रेफर गरिएकामध्ये एक जनाको स्वाइन फ्लूकै कारण मृत्यु भएको प्रमाणित भएको हो। मृत्यु भएका अन्य तीनको टेष्टको रिपोर्ट आएको छैन। स्वाइन फ्लूको शंस्कास्पद अन्यको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ।