भव्य रूपमा सम्पन्न भयो नेपाल भारत त्रिदिवसीय साहित्य महोत्सव
नेपाल भारत साहित्य महोत्सव समितिद्वारा वैशाख १६, १७ र १८ गते काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा महोत्सव मनाइयो।
नेपाल भारत साहित्य महोत्सव समितिद्वारा वैशाख १६, १७ र १८ गते काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा महोत्सव मनाइयो।
महासमालोचक प्राडा वासुदेव त्रिपाठीले एक समारोहका माझ वानीरा फाउन्डेसन भवनको उद्घाटन गरे। सोही अवसरमा महासमालोचक प्राडा त्रिपाठीले नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको प्रतिमा उद्घाटन गरे। साथै उनले वानीरा संग्रहालयको पनि उद्घाटन गरे।
ए भुईं मान्छेहरू,पराजित कहानीहरूलाई च्यादै प्रतिगमन र विरोधीहरूलाई एक पार्दै,बोल क्रान्तिको आवाज। अब संगीतहरू क्रान्तिको धुन बज्ने छ। कति सहन्छौ अन्यायअत्याचार बोल क्रान्तिको आवाज।
औंसी मात्र होइन, खुशी मिल्छ तिम्रो साथ पाउँदाखेरि,सबै पीडा भाग्छ प्यारी आमा, तिम्रो महिमा गाउँदाखेरि। तिम्रो साथ पाए भने आमा,लड्छु म त आँधीबेरी,धेरै पटक लडें आमा, तिमीलाई सम्झी उठ्छु फेरि।
आफ्नो सन्तानको उज्ज्वल भविष्यको कामना गर्दै उच्च शिक्षाका लागि विदेश पठाएपछि उनीहरू पनि त आफ्ना सन्तानको सुखद् भविष्यको सपना देख्दा हुन्! कामना गर्दा हुन्! त्यो कुरा किन हो कुन्नि म जानीजानी बिर्सन्थें। म जतिचोटि ‘आउँछु’ भन्थे, आमा त्यतिपटक मेरो मुखमा पुलुक्क हेर्नुहुन्थ्यो।
आञ्चलिक स्वादमा पस्किएको छाइलको कथा र प्रस्तुतिले पाठकलाई बाँधिराख्छ। पढ्न थालेपछि पूरै नपढी पुस्तक छोड्न मन लाग्दैन।
हरदिन किन म हाडमासु छालाको ढुंगा बन्दछु न धेरै केही पाउनु छ यहाँ न धेरै केही गुमाउनु नै छ पसीनाको कमाइ जेजति मिल्छ चुपचाप त्यही समाउनु छ।
तिम्रो त्यो समय न त आइरन चक्की थियनो न त कुनै सुई नै लगायौ। कुनै बिनाचेकजाँच आफ्नो गर्भावस्था कटायौ। संसारको सबैभन्दा पीडादायक पल प्रसवमा पनि तिमी एक्लै थियौ। न त तिमीसँग कुनै डाक्टर नर्स थियो न त कुनै सुविधायुक्त अस्पताल नै। आमा म त तिम्रो पीडा त्यो पल सोच्न र कल्पना गर्न पनि सक्दिनँ।
प्रकाशन बजार थप चलायमान बनाउने उद्देश्यले नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन गर्ने भएको छ। यसको सुरुवात कवि श्रवण मुकारुङले आजबाट गर्दैछन्।
उनका आँखामा उज्यालो थिएन। अन्तस्करणमा भने घाम लागेको थियो। त्यही घामले उनलाई बाटो देखाइरह्यो। आफ्नो बाल्यकाल उनले शिक्षकका आवाजबाटै बिताए। आवाजका माध्यमबाट उनको हृदयमा उज्यालो प्रवेश गर्यो। त्यो ज्ञानको उज्यालो थियो।
वास्तवमा युद्ध कोसँग हो ? युद्ध के हो ? युद्धको स्वरूप, तयारी र प्रतिफल के हो ? युद्ध गर्ने वा नगर्ने ? आदि सबालहरूको अत्यन्तै गूढ तर सरल, अत्यन्तै दार्शनिक तर व्यावहारिक, अत्यन्तै आध्यात्मिक तर वैज्ञानिक अन्तरस्वरूप भएको ग्रन्थ हो श्रीमद्भागवत गीता।
एकदिन उनी मावली गाउँमा पुराण भन्न निस्किएका थिए। भोजन गर्ने बेलामा एक जना स्थानीय परियार थरका व्यक्ति आइपुगे। शुद्ध पण्डितका अघिल्तिर ‘दमाईं’ आएको देखेपछि उनले घरका मानिस बोलाए र भने, ‘यी दाइलाई सुरुमा खान दिनू; त्यसपछि मात्र म भोजन लिने छु।’
यो ब्रह्म तीर्थलाई ब्रह्माघाट पनि भनिन्छ। पशुपतिको आर्यघाटमा जस्तै यो ब्रह्मघाटमा पनि लास जलाउने अर्थात् दाहसंस्कार पनि गरिन्छ। यो तीर्थमा स्नान गरेर अलिकति माथि जाँदा ब्रह्मेश्वर महादेवको मन्दिरमा पुगेर देवताको दर्शन गर्न पाइन्छ।