७ वैशाख २०८१ शुक्रबार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः डाँडा काट्न ढिलाई गर्दा ‘क्यालिब्रेसन फ्लाईट’ नै पछाडि धकेलियो

रिठ्ठेपानी डाँडा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टि ‘एप्रोच’मा पर्छ। एप्रोचमा पर्ने त्यो डाँडा कटान नहुँदा क्यालिब्रेसन फ्लाइट पछाडि धकेलिएको छ। यसअघि अक्टोवरमा क्यालिब्रेसन फ्लाईट गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताउँदै आएको थियो। तर, डाँडा कटान नहुँदा नोभेम्बर अन्तिम साता भन्दा अघि क्यालिब्रेसन फ्लाइट सम्भव नभएको प्राधिकरणले बताएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल: रिठ्ठेपानी डाँडा काट्ने बाटो खुल्यो, ल्याण्डफिलसाइटको टुंगो छैन

भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘एप्रोच’मा पर्ने पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटानका लागि बाटो खुलेको छ। हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच डाँडा र त्यहाँका रुख कटानका लागि मंगलबार मात्र सहमति भएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः रिठ्ठेपानी डाँडा र ६ सय रुख काटिने

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने जहाजको सुरक्षाका लागि रिठ्ठेपानी डाँडामा रहेका रुख काट्न मन्त्रिपरिषद् बैठकले अनुमति दिएको छ। अनुमतिसँगै पोखरा महानगरपालिका–२६ रिठ्ठेपानीका ६ सय रुख काट्ने बाटो खुलेको छ। रुखसँगै रिठ्ठेपानीको डाँडा पनि कटान हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्