२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

प्रिन्स क्वार्टरफाइनलमा

रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र नेपाल एपिएफ क्लबका साजनकृष्ण ताम्राकार दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

एपिएफलाई एएफसी क्लबको लाइसेन्स

नेपाल एपिएफ क्लबको फुटबल समूहले एएफसी क्लबको लाइसेन्स पाएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा शुक्रबार अयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई क्लबको लाइसेन्स प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

गणेशमान सिंह टेन–के रोड रेस: गोपीचन्द्र र सन्तोषीद्वारा उपाधिरक्षा

साबिक विजेता एपिएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन–के रोड रेस प्रतियोगिताको उपाधि रक्षा गरेका छन्। शनिबार आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधिका रक्षा गरेका हुन्।

प्रधानमन्त्री कप: प्रिन्स र दीपेशबीच उपाधि भिडन्त

सशस्त्र प्रहरी बल एपिएफ क्लबका प्रिन्स दाहाल र दीपेश धामी योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

महिलामा एपिएफ र पुरुषमा आर्मी च्यम्पियन

लगातारका दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गरेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार शिवम् न्यु डायमन्डलाई ३–२ ले हराउँदै चौथो एनएसटी– एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्