२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रिन्स क्वार्टरफाइनलमा

रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र नेपाल एपिएफ क्लबका साजनकृष्ण ताम्राकार दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा प्रिन्सले पाल्पाका सुरज तिमिल्सिनालाई २१–६ र २१–९ तथा साजनले सिल्क ग्रुपका नरेन्द्र बमलाई २१–१७, १२–२१ र २१–१५ को सेटमा पराजित गरे। अन्य खेलमा एपिएफका दीपेश धामीले फेडर एकेडेमीका रोशन साउदलाई २१–१३ र २१–१२, नेपाल प्रहरी क्लबका विष्णु कटुवालले प्रहरीकै पूर्णबहादुर थापालाई २१–१७ र २१–१९, आर्मीका नवीन श्रेष्ठले कालिका बिसीका चक्र साउदलाई २१–४ र २१–९ ले हराउँदै अन्तिम आठमा स्थान बनाए।

त्यसैगरी आर्मीका प्रफुल महर्जनले सोह्र फेडेर एकेडेमीका क्षितिज खनाललाई २१–१६ र २१–१४ तथा कालिकाका सुदीप सेढाईंले कास्कीका विधान अधिकारीलाई २१–९ र २१–१९ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेका छन्। आर्मीका पविन लिङथेब प्रहरीका जीवन आचार्यबाट वाकओभर पाउँदै क्वार्टरफाइनलमा पुग्न सफल भए। महिला सिंगल्समा आर्मीकी प्रार्थना देउवाले एपिएफकी शोभा गौचनलाई २१–१६ र २१–८, आर्मीकी अनुमाया राईले आर्मीकै रोज पाण्डेलाई २१–१५ र २१–१३, एपिएफकी सुनैना मुखियाले कञ्चनपुरकी विस्ना विष्टलाई २१–११ र २१–६ र प्रहरीकी निता लम्सालले काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) की एन्जल लिम्बूलाई २१–९ र २१–५ ले हराउँदै अन्तिम आठमा स्थान बनाएका छन्।

त्यस्तै एपिएफकी जेशिका गुरुङले कञ्चनपुरकी निलिमा महरालाई २१–७ र २१–१० तथा आर्मीकी रशिला महर्जनले सर्लाहीकी निकिता लामालाई २१–६ र २१–७ को सोझो सेटमा पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। आर्मीकी अमिता गिरी बिबिएकी रोजी राईबाट वाकओभर पाउँदै क्वार्टरफाइनलमा पुगिन्। यु–१९ पुरुष सिंगल्समा आर्मीका हिमाल चन्द, सुर्खेतका अनिल मल्ल, आर्मीका सन्तोष पनेरु, कपिलवस्तुका रोहित बराल, आर्मीका निशान कटुवाल, सिल्क ग्रुपका नरेन्द्र बम, कैलालीका चन्द्रिका कथारिया र आर्मीका गोकुल जोरा आआफ्नो प्रतिद्वन्द्वीलाई पन्छ्याउदै क्वार्टरफाइनलमा पुगे।  

प्रकाशित: ३० चैत्र २०७८ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App