coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एपिएफलाई एएफसी क्लबको लाइसेन्स

नेपाल एपिएफ क्लबको फुटबल समूहले एएफसी क्लबको लाइसेन्स पाएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा शुक्रबार अयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई क्लबको लाइसेन्स प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

प्रमाणपत्र बुझ्दै महानिरीक्षक खनालले खेलाडी राष्ट्रको गहना भएको तथा खेलकुदले चुस्त दिमाग र स्फुर्त शरीर निर्माण गर्ने चर्चा गर्दै संगठनले नेपाल एपिएफ क्लब मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर विभिन्न पदक प्राप्त गरी राष्ट्र र संगठनको नाम उच्च बनाउको बताए। खेलकुद क्षेत्रको विकास, विस्तार र उत्कृष्ट खेलाडी उत्पादनमा समेत क्लबले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको महानिरीक्षक खनालको भनाइ थियो।

कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले एपिएफ क्लब मार्फत राष्ट्रको खेलकुदको विकास, राष्ट्रिय खेलाडी उत्पादन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर प्राप्त गरेको उपलब्धिको प्रशंसा गरे। उनले अब क्लबले एएफसी क्लब लाइसेन्स प्राप्त गरेसँगै भविष्यमा खेलकुद क्षेत्रमा अझै बढी योगदान पुर्‍याउने बताए।

नेपाल एपिएफ क्लबको फुटबल समूहले एएफसीले निर्धारण गरेको खेलकुद पूर्वाधार, कर्मचारी र प्रशासन, कानुनी एवं वित्तिय मापदण्द पूरा गरी सन् २०२१ अक्टोबर २० मा लाइसेन्स प्राप्त गरेको हो। २०६१ वैशाख ३१ गते स्थापना भएको नेपाल एपिएफ क्लब फुटबल, भलिबल, क्रिकेट लगायत २२ वटा खेलमा सहभागिता हुँदै आएको छ। तीन वटा राष्ट्रिय प्रतियोगिता सञ्चालन गरेको क्लबले आन्तरिक प्रतियोगिताहरू समेत सञ्चालन गरिरहेको छ।

प्रकाशित: २१ फाल्गुन २०७८ ०१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App