५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

केबलकार निर्माणमा तीव्रताः आइएमई चन्द्रागिरिपछि लुम्बिनीमा

कुनै पनि नयाँ व्यवसाय सुरु गर्नु आफैंमा चुनौती हो। अझै त्यसबाट सफलता हासिल गर्ने बाटो झनै कठिन छ। यही चुनौतीलाई हेरेर होला, नेपालमा सफलता मिलेको व्यवसायमा हात हाल्ने प्रचलन बढी छ। एउटा व्यापारिक घराना चुनौती मोलेर व्यवसायमा सफल भएपछि त्यही प्रकृतिको व्यवसायमा लगानी गर्ने धेरै देखिन्छन्।

चन्द्रागिरि नगरपालिकालाई एक लाख हस्तान्तरण

देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चन्द्रागिरि नगरपालिकालाई  एक लाख एक हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।

कोरोना कहर : चन्द्रागिरिले विद्यार्थी र मजदुरलाई घर पुर्‍याइदिने

चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदुरलाई घर नजिकको राजमार्गसम्म पुर्‍याउने व्यवस्था मिलाउने भएको छ।

चन्द्रागिरि केबलकार बन्द

कोरोना भाइरस (कोभिड–१९)बाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी चन्द्रागिरि केबलकार बन्द गरिएको छ। चन्द्रागिरि हिल्स लिमिटेडले विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि हुन सक्ने भन्दै आजदेखि चन्द्रागिरि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको हो।

गन्तव्य चन्द्रागिरि !

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा घुम्ने, सिक्ने र रमाउने धेरै सम्पदा छन्। अब गुराँससँग लुकामारी खेल्दै र हिमालसँग आँखा जुधाउँदै चन्द्रागिरिका विभिन्न डाँडामा हाइकिङ, साइक्लिङ र बाइकिङ गर्ने कि !

एपिएफको संघर्षपूर्ण जित

सरस्वती युथ क्लबमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै विभागीय टोली एपिएफ क्लब राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

पुलिसको साँघुरो जित

जावलाखेलमाथि साँघुरो जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब सोमबार तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

फ्रेन्ड्सको फराकिलो जित

ललितपुरे टोली फ्रेन्ड्स क्लब आयोजक चन्द्रागिरि नगरपालिकामाथि ५–० को रबाफिलो जित निकाल्दै चन्द्रागिरि मेयर गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

चन्द्रागिरि गोल्ड कप कात्तिक अन्तिममा

तेस्रो संस्करणको चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिता यही कात्तिक अन्तिम साता हुने भएको छ। ‘ए’ डिभिजन क्लबले समेत सहभागिता जनाउने प्रतियोगिताको मिति आयोजक दीपशिखा युवा समूहले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। प्रतियोगिता कात्तिक ३० गतेदेखि मंसिर ७ गतेसम्म चन्द्रागिरि नगरपालिकाको नैकापस्थित नैकाप खेलमैदानमा आयोजना हुने प्रतियोगिताका संयोजक रमेश बुढाथोकीले जानकारी दिए।

चन्द्रागिरिका १११ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित देःपखा भित्रका १११ घर/जग्गाको धनी प्रमाणपत्र पूर्जा वितरण गरिएको छ।

च्यासललाई चन्द्रागिरि गोल्डकप

ललितपुरको च्यासल युथ क्लब दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

सरस्वती क्लब फाइनलमा

सरस्वती युवा क्लब जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। चन्द्रागिरिस्थित नैकाप फुटबल मैदानमा बिहीबार ‘ए’ डिभिजनको चिरपरिचित प्रतिद्वन्द्वी जावलाखेलमाथि १–० को साँघुरो जित निकाल्दै जावलाखेल उपाधिनजिक पुगेको हो।

च्यासलको जितमा मिलन नायक

वीरगन्ज युनाइटेडलाई २–० ले पराजित गर्दै ‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लब राजधानीमा जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

आयोजकलाई रोक्दै सरस्वती सेमिफाइनलमा

आयोजक दीपशिखा युवा समूहलाई २–० ले पराजित गर्दै ‘ए’ डिभिजन क्लब सरस्वती युवा क्लब मंगलबार दोस्रो संस्करणको चन्द्रागिरि रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सरस्वतीको जितमा सुजित बुढाथोकी र सन्जीव लामाले गोल गरे।

एपिएफ सेमिफाइनलमा

सशस्त्र प्रहरीको एपिएफ क्लब दोस्रो संस्करणको चन्द्रागिरि रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्