१ मंसिर २०८१ शनिबार
image/svg+xml

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सरकारको पहिलो प्राथमिकताः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। मंगलबार सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको भेटमा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफ्नो ध्यान केन्द्रित गरेको बताएका हुन्।

भारतीय नागरिक सहित २६ शहीद थप्न सरकार सहमत

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि तथा मधेस केन्द्रित दलहरु मधेस आन्दोलनका क्रममा मृत्यु भएका ६८ जनालाई शहीद घोषणा गर्न सहमत भएका छन्। सरकारी तथ्याङ्कमा कूल ४२ जनाको मृत्यु भएको उल्लेख भए पनि राजनीतिक तहबाट शहीद संख्या बढाउने सहमति भएको हो।

तेस्राे पटक सरकार विस्तार, माअाेवादीका पाँच मन्त्रीद्वारा शपथ

प्रधानमन्त्री पुष्पकमल दाहालले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा अाइतबार आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्।

सरकारलाई रचनात्मक सहयोग गर्छौं– गच्छदार

विराटनगर– मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकारलाई आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताएका छन्।

आइतबार सरकार विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये पाँच मन्त्रालयलाई दाहालले भोलि पूर्णता दिने भएका हुन्। शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिले सरकार विस्तारका विषयमा चासो राखेपछि प्रधानमन्त्री दाहालले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने जानकारी गराएका हुन्।

समर्थन गर्ने दललाई बेवास्ता गरे सरकार अल्पमतमा पर्छ: अध्यक्ष ढकाल

काठमाडौं– नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले माओबादी र कांग्रेस बिचको माया प्रेमले मात्रै सरकार लामो समय नटिक्ने बताएका छन्। निजि निवास चुनदेबीमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ढकालले सरकारको बारेमा टिप्पणी गर्ने बेला भइनसकेको भए पनि बिहानीले दिनको संकेत गरे जस्तै शुरुमै सबै दललाई सहमतिमा नलिए सरकारले गरी नखाने बताए।

पूर्वराष्ट्रपति उपचारमा सरकारको दश लाख

पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि एक सातादेखि भारतमा छन्। उनी अघिल्लो बिहीबार चण्डीगढस्थित पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च सेन्टरमा भर्ना भएका हुन्। यादवले उक्त अस्पतालमा  अध्ययन गरेका थिए।

दुई उपप्रधानमन्त्रीलाई चीन र भारत पठाउने सरकारको निर्णय

सरकारले दुई छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउन भन्दै उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल र दुई छिमेकी देशबीचको सम्बन्ध सुमधुर गर्न उपप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको विशेष दूतको रुपमा भारत र चीन पठाउने निर्णय गरेको हो।

'डा. केसी-सरकार सम्झौता चाँडो कार्यान्वयन गर'

डा. गोविन्द केसी र नेपाल सरकारका बीच भएका ४ बुँदे सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न सोलिडारिटी फर डा. केसी अलायन्सले सरकारको ध्यानाकर्षण गराएको छ। राजनीतिक दलहरुमा देखिएको मौनता, सुस्तताले लोकतन्त्र नै धरापमा पर्ने संकेत देखिन थालेकोमा चिन्ता व्यक्त गर्दै डा. केसीले उठाएका माग कार्यान्वयनमा ढिलासुस्ती भएकाले चाँडो कार्यान्वयन गर्न माग गरेको छ।

सरकार षड्यन्त्र गर्दैछ : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नै अर्को वर्ष माघसम्म तीनै तहका चुनाव हुन नदिने षड्यन्त्रमा लागेको बताएका छन्। उनले निर्वाचन नगरेर देशमा संवैधानिक र राजनीतिक संकट उत्पन्न गर्न खोजिएको बताएका छन्।

नेप्सेकाे उतार–चढाव सरकार परिवर्तनसँग सम्बन्धित छैनः अर्थमन्त्री महरा

काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले कुनै पनि राजनीतिक पूर्वाग्रह नराखी पूर्व सरकारले पेस गरेको बजेटलाई नै निरन्तरता दिइने बताए।

सरकार विवादले भाँडियो राप्रपा एकता

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मंगलबार हुने भनिएको एकता अन्तिम समयमा भाँडिएको छ। सरकारमा सहभागिताको विषयलाई लिएर दुवै दलबीच विवाद भएपछि एकीकरण भाँडिएको हो।

बाह्य शक्तिको इशारामा सरकार परिवर्तन: अध्यक्ष केसी

काठमाडौं– निर्वतमान उपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाह्य शक्तिको ईशारामा नयाँ सरकार गठन भएको बताएका छन्। शुक्रबार पार्टीद्वारा रिपोर्टर्स क्लबमामा आयोजना गरेको राष्ट्रियताको रक्षा तथा संघीयताको खारेजी नामक अवधारणा–पत्र नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भने, ‘नेपालको सत्ता परिवर्तनमा बाह्य शक्तिको हात रहँदै आएको छ, अहिलेको सरकार पनि त्यसैको शिकार भयो।’

सरकारप्रति बजार सशंकित

कम्युनिस्ट नेतृत्वको सरकारलाई सेयर बजारले स्वागत गर्दैन। कम्युनिस्टलाई उदार अर्थव्यवस्थाका बाधकका रुपमा लिने गरेका कारण पुँजीवादको एक सशक्त अस्त्रको रुपमा लिइएको सेयर बजारका लगानीकर्ताले उनीहरुको नेतृत्वको सरकारलाई स्वागत नगरेका मान्न सकिन्छ।

नयाँ सरकारको परख

संसद् सचिवालयमा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवै प्रसन्न देखिए। दुवैको मुहारमा मुस्कान थियो। क्यामरामा आफ्ना खुसी कैद गराउने उनीहरूको प्रयास प्रशंसायोग्य छ। सार्वजनिक खपतका लागि हुनसक्छ, दुवैले हात समातेर माथि उचाले।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्