१ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

बाह्य शक्तिको इशारामा सरकार परिवर्तन: अध्यक्ष केसी

काठमाडौं– निर्वतमान उपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाह्य शक्तिको ईशारामा नयाँ सरकार गठन भएको बताएका छन्। शुक्रबार पार्टीद्वारा रिपोर्टर्स क्लबमामा आयोजना गरेको राष्ट्रियताको रक्षा तथा संघीयताको खारेजी नामक अवधारणा–पत्र नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भने, ‘नेपालको सत्ता परिवर्तनमा बाह्य शक्तिको हात रहँदै आएको छ, अहिलेको सरकार पनि त्यसैको शिकार भयो।’

नेपालमा जबरजस्ती विदेशीको ईशारामा संघीयता लादिएकोले आफूले यसबारेमा सरकारमा रहँदा पनि घोर विरोध गरेको उल्लेख गर्दै भने, ‘संघीयताले मुलुकको कहिल्यै भलो गर्दैन भनेर मैले धेरै पटक भनिसकेको छु, अब यसबारेमा धेरै चर्चा के गरौं, जबरजस्ती लादिएको संघीयताले मुलुक सिक्किमीकरण र फिजीकरण हुन्छ ।’

केपी ओली नेतृत्वको सरकारले मुलुकको विकासको लागि उल्लेखनीय काम गरेको दाबी गर्दै विकास नचाहनेहरुले एकाएक डराएर सरकार ढालेको उनको भनाई थियो।  

कार्यक्रममा हिमलाल पुरीले उक्त अवधारणा पत्रमाथि प्रकाश पारेका थिए । प्रस्तुत गरिएको अवधारणापत्रमा नेपालको राष्ट्रियमाथि भारतीय विस्तारवाद र पश्चिमा साम्राज्यवादी मुलुकहरुको संगठन युरोपियन युनियनले बेग्ला बेग्लै स्वार्थका आधारमा दबाब र हस्तक्षेप गर्ने गरेको उल्लेख छ।

 

प्रकाशित: २१ श्रावण २०७३ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App