२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘दक्षिण कोरियाको निर्यात दर घट्दो’

आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी) द्वारा संकलन गरिएको तथ्याङ्कअनुसार दक्षिण कोरियाको निर्यात दरमा अघिल्लो वर्षको तुलनामा गत जनवरीमा ५.९ प्रतिशतले कमी आएको पाइएको छ। पछिल्लो मुल्याङ्कनअनुसार ओइसिडीका ३२ सदस्य राष्ट्रमध्ये निर्यातका वृद्धिदरका हिसाबले दक्षिण कोरिया २६ स्थानमा पुगेको छ।

भारत–पाक प्रभाव

भारत र पाकिस्तानबीच केही दिनयता बढ्दो तनावका बाछिटाले दक्षिण एसियामा प्रभाव पार्न थालेको छ। त्यसको प्रत्यक्ष तथा परोक्ष असर नेपालमा झनै पर्छ। हाम्रो मुलुकको आयात–निर्यातको सबैभन्दा ठूलो हिस्सा भारतसँग जोडिएको छ। तेस्रो विश्वका मुलुकबाट गरिने आयात र त्यसतर्फ गरिने निर्यात पनि भारत भएरै बढी हुन्छ। त्यसले हाम्रो जनजीवनलाई कुनै न कुनै हिसाबले असर पार्छ। यससँगै भारतीय सेनामा कार्यरत करिब ३२ हजार गोर्खा सैनिकसमेत यी दुई मुलुक युद्ध भइहालेमा प्रयोग हुन सक्छन्।

भारतमा जग्गा अधिग्रहण

भैरहवा भन्सारमा एकीकृत भन्सार जाँच चौकी (इन्टिग्रेटेड चेक पोस्ट–आइसिपी) बनाउने काम अघि बढेको छ। नेपाल र भारत सरकारबीच १४ वर्षअघि भएको सीमा नाकामा आइसिपी निर्माण गर्ने सम्झौता अनुसार भारतले जग्गा अधिग्रहण गर्न थालेको हो। नेपाल र भारत सरकारबीच एकद्वार प्रणालीबाट आयात–निर्यात व्यापार सहजीकरण गर्ने उद्देश्यअनुरूप सन् २००५ मा विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्ज नाकामा भारतीय आर्थिक र प्राविधिक सहयोगमा आइसिपी निर्माण सम्झौता भएको थियो।

चीन निर्यात भएन नेपाली जुनार

नेपालको जुनार चीन निर्यात हुनबाट बञ्चित भएको छ । २०६९ मा नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालका सुन्तला जातका फलफूल चिनियाँ सरकारले खरिद गर्ने सम्झौता भएको थियो । तर हालसम्म पनि जुनार सुन्तला चीन जान जान सकेको छैन ।

‘सरकारले सघाए सिमेन्ट निर्यात गर्छौं’

अधिकांश वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा मुलुक सिमेन्टमा आत्मनिर्भर बनेको छ। नेपाली बजारमा खपत हुने सिमेन्ट उत्पादन गर्न स्वदेशी उद्योग सक्षम भएकाले सरकारले सघाए विदेशसमेत निर्यात गर्ने तयारी रहेको उद्योगीले बताएका छन्।

हिमपातका कारण सामाग्री आयात निर्यात ठप्प

चीनको स्वशासित क्षेत्र तिब्बतको विभिन्न स्थानमा बाक्लो हिउँ परेपछि सामाग्री आयात तथा निर्यात ठप्प भएको छ।  चीनको केरुङबाट सामाग्री बोकेर नेपाल आउन लागेका तथा केरुङ जान लागेको कन्टेनर बीच बाटोमै  रोकिएका छन्।

जुनार र सुन्तला चीन निर्यात हुन सकेन

नेपालको जुनार चीन निर्यात हुनबाट बञ्चित भएको छ। २०६९ सालमा नेपाल सरकार र चिनिया सरकारबीच नेपालका सुन्तला जातका फलफूल चिनिया सरकारले खरिद गर्ने सम्झौंता भएको थियो। तर, हालसम्म पनि जुनार सुन्तला चाइना जान सकेको छैन्।

निर्यात सीमा ७५ बाट ६० प्रतिशत

सरकारले विशेष आर्थिक क्षेत्र (सेज ) का उद्योगले उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान घटाउँदै ६० प्रतिशतमा झारेको छ। सेजका उद्योगले तोकिएको नियमअनुसार निर्यात गर्ने आत्मविश्वास देखाउन नसकेपछि निर्यातको सीमा घटाइएको हो।

इनर्जी बैंकिङ गर्न भारत तयार

बर्खामा नेपालमा बढी हुने बिजुली उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ। भारतको राजधानी नयाँदिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी–पिइसी) को १३औं बैठकले नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो। नेपालले लामो समयअघि बर्खामा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी इनर्जी बैंकिङको अवधारणा अघि सारेको थियो।

कनेक्टिभिटी भए निर्यात चार गुणा बढ्ने

नेपालले दक्षिण एसियाली मुलुकहरुमा हुने निर्यात चार गुणा बढाउन सम्भव रहेको विश्व बैंकले जनाएको छ। शुक्रबार ‘अ ग्लास हाफ फुल’ प्रतिवेदन सार्वजनिक गर्दै बैंकका उच्च अधिकारीले उक्त धारणा राखेका हुन्।

व्यापार घाटामा सघाउन विश्व समूदायसँग नेपालको अनुरोध

व्यापार घाटा नियन्त्रण गर्न नसकेको सरकारले घाटा कम गर्न सघाउन विश्व समूदायसमक्ष आग्रह गरेको छ। नेपालको व्यापार नीति समिक्षा गर्नेक्रममा विश्व व्यापार संगठनको प्रधान कार्यालय जेनेभामा आयोजित व्यापार नीति समीक्षा बैठकमा नेपाल पक्षले विश्व व्यापारबाट नेपाललाई लाभ दिलाउन विभिन्न अपेक्षासमेत राखेको छ।

जुम्लाबाट १७ करोडको स्याउ निर्यात

चालू आर्थिक वर्षमा जुम्लाबाट झण्डै १७ करोड बराबरको स्याउ निर्यात भएको छ। गत भदौ महिनादेखि कार्तिकसम्म यहाँबाट १७ करोडको स्याउ निर्यात भएको हो। यो वर्ष भदौ १० गतेदेखि स्याउ टिप्न किसानलाई सुचित गरिएको थियो। जसले गर्दा गुणस्तरिय स्याउ उत्पादनमा टेवा पुगेको थियो।

दशकपछि फेरि तेल निर्यात सुरु

नेपालबाट भारततिर ‘पाम आयल’को निर्यात सुरु भएको छ । यो एक प्रकारको खाने तेल हो । सुरुमा निर्यातको उद्देश्यले वीरगन्ज करिडोरमा स्थापित भएका घिउ–तेल उद्योग पछिल्लो समयमा स्वदेशी बजारमा मात्र सीमित हुँदा समस्या बेहोरिरहेका थिए।

चार वर्षमा कफी निर्यात डेढ सय प्रतिशतले बढ्यो

अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा कफी निर्यात भने बर्सेनि बढ्दै गएको छ । नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा उच्च माग भएपछि उत्पादन र निर्यात बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्