१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संसदमा विशेषदूत पठाउनुपर्ने कारण माग

व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्रीले उपप्रधानमन्त्रीद्वयलाई विशेषदूतको रुपमा छिमेकीमूलुकमा पठाउनुपर्ने कारण बारेमा प्रश्न उठाएको छ ।

'अधिकतम माग पूरा गर्छु'

प्रधानमन्त्री पुष्पकमल दाहालले डा. गोविन्द केसीसँग सरकारले गरेका सम्झौता अधिकत कार्यान्वयन गर्ने बताएका छन्। सरकारसँगको आठौं अनशन सम्झौतामा टुंगिएको एक महिना पुगेकै दिन मागबारे ध्यानाकर्षण गराउन पुगेका डा. केसीसँग बालुटावारमा भएको भेटमा दाहालले यस्तो वचन दिएका हुन्।

३ दिनभित्र माग पूरा नभए महाधिवेशन बहिष्कार गर्ने तरुण दल असन्तुष्ट पक्षको चेतावनी

नेपाल तरुण दलका नेताले विधिसम्मत् महाधिवेशन गर्न माग गरेका छन्। दलका असन्तुष्ट नेताहरुले शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी भागबन्डाका आधारमा महाधिवेशन गरे आफूहरुलाई मान्य नहुने चेतावनी दिएका हुन् ।

डा. केसीका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले डा. गोविन्द केसीले उठाएका माग र मुद्दा राम्रोसँग अध्ययन गर्ने बताएका छन्। शुक्रबार बिहान डा. गोविन्द केसीको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको दायित्व राज्यले लिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए।

पौडेलले मागे पाँच मन्त्री, देउवाले चार दिने

नेपाली कांग्रेसमा गुटगत रुपमा भागवण्डा नमिल्दा मन्त्री छान्न सकस भएको छ। कांग्रेस नेता रामचन्द्र पौडेलले सरकारका आफ्नोतर्फबाट पाँच मन्त्री बनाउनुपर्ने सभापति शेरबहादुर देउवासँग माग गरेका छन् । तर सभापति देउवाले भने पौडेललाई चारमन्त्री दिन तयार भएका छन्।

एकीकरणको माग गर्दै हस्ताक्षर बुझाउने तयारी

पार्टी एकीकरणका लागि दबाब दिन राप्रपा नेता लोकेन्द्रबहादुर चन्दसहित उनी पक्षीय ४६ जना नेताले अध्यक्ष पशुपति शमशेर राणालाई हस्ताक्षर बुझाउँदै छन्। उनीहरुले १५ दिनभित्र पार्टी एकीकरण गरिसक्नुपर्ने भन्दै अध्यक्ष राणालाई मंगलबार हस्ताक्षर बुझाउन लागेका हुन्।

लगानी भित्र्याउन दीर्घकालिन नीति ल्याउन माग

वैदेशिक लगानी भित्र्याउन दीर्घकालिन नीति आवश्यक भएको विराटनगरका उद्योगी व्यवसायीले बताएका छन्। सोमबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको वैदेशिक लगानी भित्र्याउन सहजीकरण विषयक छलफलमा यहा“का उद्योगी व्यवसायीहरूले यस्तो माग राखेका हुन्।

प्रहरीको घुमुवा हुँ भन्दै पैसा माग्ने महत पक्राउ

काठमाडौँ- आफुलाई नेपाल प्रहरीको सिभलि घुमुवा हुँ भनी पैसा माग्दै गरेको अवस्थामा प्रहरीले रौतहट बिश्रामपुर–५ घर भएका सम्सेर महतलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ।

सरकारकाे बाटाेमा तगाराे बन्दै माेर्चा, पहिला प्रतिनिधिसभा चुनाव गर्न माग

प्रधानमन्त्री पुष्पकमल दाहालले चैतमा स्थानीय निकायको निर्वाचन गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिँदै गर्दा मधेसी मोर्चाले भने पहिला प्रतिनिधिसभाको निर्वाचन गर्न माग गरेको छ। सरकार र मोर्चाको परस्पर विरोधी निर्णय सार्वजनिक हुँदा निर्वाचन हुने नहुनेमा अन्योलता बढेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान सरकार निर्वाचन नगर्ने षड्यन्त्रमा रहेको आरोप लगाइरहेका बेला सरकार र मोर्चाको परस्पर विरोधी भनाइ सार्वजनिक भएको हो।

कर्णाली आन्दोलनका मृतकलाई सहिद घोषणा गर्न माग

संघीय संरचनामा कर्णाली अञ्चललाई सुदूरश्चिमसँग गाभेको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई सहिद घोषणा गर्न माग गरिएको छ। विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश माग गर्दै आन्दोलनमा होमिएर मृत्युवरण गर्ने ताम्ती गाविस १ का १९ वर्षीय हरिबहादुर कुँवरलाई सहिद घोषणा गर्न माग गरिएको हो। कर्णाली आन्दोलनको एक वर्ष बितेको अवसरमा सरकारसँग यस्तो माग गरिएको हो।

माग पुरा नभएसम्म सरकारमा जाँदैनौँ : नेता महतो

सीमाङ्कनसहित संविधान संशोधन नभएसम्म सरकारमा नजाने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन्। तेस्रो मधेस आन्दोलनका क्रममा एक वर्षअगाडि सप्तरीको भारदहमा मृत्यु भएका राजीव राउतसहित छजनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै महतोले यस्तो कुरा बताएका हुन्।

उपसचिव पन्तसँग लिखित स्पष्टीकरण माग

काठमाडौँ-अनुगमनपूर्व नै व्यापारीलाई जानकारी दिएको भन्दै आपूर्ति मन्त्रालयले उपसचिव अर्जुन पन्तलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण दिन भनेको छ।

माग थप्दै मधेसी मोर्चा

मधेस आन्दोलनको क्षति सम्बोधनमा पुष्पकमल दाहाल नेतृत्वको सरकार उदार हुने संकेत पाएपछि मधेसकेन्द्रित दल एकपछि अर्को माग थप्न थालेका छन्। सत्तारूढ गठबन्धन संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई जसरी पनि मनाउने मनस्थितिमा रहेको चाल पाएसँगै मोर्चाले मागसूची लम्ब्याएको हो।

लोकमानको सम्पत्ति विवरण माग गर्ने पक्राउ

अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति विवरण माग गर्न भएकालाई प्रहरीले पक्राउ गरेको छ। कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै डा.गोविन्द केसी अलायन्सका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

भूगोलका आधारमा स्थानीय निकायको संरचना बनाउन माग

व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसदले स्थानीय तहको संरचना, नेपाल– भारत सम्बन्ध, द्रुत राजमार्ग, बाढीपहिरो लगायत विषयमा सदनको ध्यानाकर्षण गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्