१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ट्रम्पको चुनावी अभियान खर्च रोक्न माग

वासिङटन— रिपब्लिकन पार्टीका केही सदस्यहरुले आफ्ना पार्टीका तर्फबाट राष्ट्रिपतिको निर्वाचनका उमेद्वार रहेका डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई दिइएको खर्च काटौती गर्न माग गरेका छन्।

भ्रष्टाचार मुद्दामा ल्हारक्यालसँग १ करोड धरौटी माग

काठमाडौं— विशेष अदालतले विवादास्पद तथा निलम्वित माओवादी केन्द्रका सांसद ल्हारक्याल लामासँग १ करोड धरौटी माग गरेको छ। गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा पहिलो सुनुवाई गर्दै बुधबार विशेषले उक्त रकम धरौटी माग गरेको हो।

निर्वाचन टुंग्याउन कानुन माग्दै आयोग

काठमाडौं-निर्वाचन आयोगले संविधान कार्यान्वयनसँगै तीन तहको निर्वाचन समयमै सक्न आवश्यक कानुन माग गर्दै स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन छिटो टुंग्याउन दलहरूलाई आग्रह गरेको छ।

असन्तुष्ट समूहले उठाउँदै आएका माग छिट्टै पूरा: मन्त्री श्रीपाइली

दमक-युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले जारी नयाँ संविधानप्रति असन्तुष्ट समूहले उठाउँदै आएका माग छिट्टै पूरा हुने बताएका छन्।

विधिवत महाधिवेशन माग गर्दै बन्दसत्र हल बाहिर प्रदर्शन

मंगलबार २ बजेसम्मका लागि नेविसंघ महाधिवेशन पुनःसुरु हुनुअघि अध्यक्ष प्रत्यासी कुन्दन काफ्ले समूहले भृकुटीमण्ड क्षेत्रमा प्रदर्शन गरेको छ। विधिवत महाधिवेशन र अनसनकारी विद्यार्थीको जीवन रक्षा माग गर्दै काफ्ले समूहले प्रदर्शन गरेको हो।

पुनःसंरचनाको काम रोक्न माग

व्यवस्थापिका–संसद्को बैठकमा सांसदहरूले स्थानीय निकाय पुनःसंरचनाको नयाँ खाका स्वीकार्य नहुने भन्दै सच्याउन माग गरेका छन्। हाल आयोगले जारी गरेको खाका अवैज्ञानिक र अव्यावहारिक रहेको भन्दै सांसदहरूले  त्यसलाई नसच्चाए समस्या आउने बताए।

भारतीय नागरिकलाई शहीद घोषणा गर्न मोर्चाको माग

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रहरीसँगको भिडन्तका क्रममा मारिएका भारतीय नागरिकलाई शहीद घोषणा गर्नुपर्ने माग अघि सारेको छ। पाँच महिनासम्म चलेको मधेस आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीसँगको भिडन्तमा मारिएका एक भारतीयलाई शहीद घोषणा गरी १० लाख रुपैयाँ उपलब्ध गराइनुपर्ने मोर्चाको माग छ।

विशाखापटनमका अधिकारीले सुझाव मागे

नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतको विशाखापटनम बन्दरगाह सहज उपयोग गर्न सक्ने भारतीय अधिकारीले बताएका छन्। शुक्रबार काठमाडौंमा भएको अन्तर्क्रिया कार्यक्रममा ती अधिकारीले यस्तो बताएका हुन्।

विद्यार्थी फ्रन्टद्वारा शैक्षिक सामाग्री वितरण

स्थापनाको आठौं वर्षको उपलक्ष्यमा तराई मधेस विद्यार्थी फ्रन्ट सिराहाले सगरमाथा अनाथालयमा शैक्षिक सामाग्री वितरण गरेको छ। सात जना अथान बालबालिका रहेको सो अनाथालयमा विद्यार्थी फ्रन्ट सिराहाले शैक्षिक सामाग्री तथा फलफूल वितरण गरेको हो।

दोहोरो सुविधाको माग राख्दै धर्नामा

काठमाडौं महानगरपालिकामा दोहोरो सुविधा लिईरहेका नगर प्रहरीले सेवाबाट हटाउन खोजेको भन्दै महानरपालिकाको कार्यालयमा धर्ना दिएका छन्। उनीहरुले कामै छोडेर तीनदिनदेखि धर्ना दिईरहँदा नगर प्रहरीले गर्नपर्ने कार्यमा समेत प्रभाव परेको महानगरपालिकाले जनायो।

कारबाही रोक्न माग गर्दै सात डाक्टर सर्वोच्चमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानविपरीत अघि बढाएको कारबाही प्रक्रिया तत्काल रोक्न माग गर्दै त्रिभुवन विश्वविद्यालयका सात डाक्टर सर्वोच्च अदालत पुगेका छन्। संविधानमै नभएको 'अनुचित कार्य' सम्बन्धी प्रावधानमा टेकेर गरिएको कार्य रोक्न पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी हुनुपर्ने माग उनीहरूले गरेका छन्।

महिलाले मागे सरकारमा ३३ प्रतिशत

संविधानमा व्यवस्था गरिएअनुसार अब बन्ने मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला अनिवार्य गर्न अधिकारकर्मीले माग गरेका छन्। सञ्चारिका समकोण डबलीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले सरकारको मुख्य काम संविधान कार्यान्वयन गर्नु रहेको भन्दै एक तिहाइ महिला सहभागी गराइनुपर्नेमा जोड दिए।

अनलाइनबाट सरुवा माग्ने बढे

सामान्य प्रशासन मन्त्रालयले अनलाइन आवेदनको व्यवस्था गरेसँगै रोजाइका मन्त्रालयमा सरुवा माग्ने निजामती कर्मचारीको संख्या ह्वात्तै बढेको छ।

अखिल क्रान्तिकारीका १६ बुँदे माग

शैक्षिक क्षेत्र सुधारका माग राख्दै अनेरास्ववियु (क्रान्तिकारी) ले सोमबार शिक्षा मन्त्रालयमा १७ बुँदे ज्ञापनपत्र बुझाएको छ। नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी अध्यक्ष पूर्णबहादुर सिंहको नेतृत्वमा गएका टोलीले निमित्त शिक्षासचिव डा.लवदेव जोशीलाई मागपत्र बुझाएको हो।

५५ जनाले मागे अख्तियार प्रमुखकको सम्पत्ति विवरण माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति विवरण माग गर्दै ५५ जनाले आयोगमा निवेदन दिएका छन्। डा. गोविन्द केसी ऐक्यबद्धता गठबन्धनको अग्रसरतामा आइतबार आयोगमा निवेदन परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्