३ मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाली वाइन मुन स्वीट र डिलाइट बजारमा

काठमाडौँ– काभ्रेपलाञ्चोकमा स्थापना भएको यूनिभर्सल वाइन इन्डष्ट्रिज प्रा.लि. को उत्पादनमा आफ्नो नयाँ वाइन बजारमा आएको छ।

युएईको अस्पतालद्वारा नेपालीको निःशुल्क स्वास्थ्य जाँच

रोजगारीको लागि युएईमा कार्यरत नेपालीहरुलाई लक्षित गरी अबुधावीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। युनिभर्सल हस्पिटल अबुधावीले तिजको अवसर पारेर सेप्टेम्बर १ देखि १५ सम्म नेपालीहरुको चेकजाचका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिरहेको हो।

साउदीमा दुई नेपालीको मृत्यु

रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ। साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो।

सबै नेपालीको सरोकार उद्यम: उद्योगमन्त्री जोशी

पाल्पा- उद्योगमन्त्री नविन्द्रराज जोशीले प्रत्येक नेपालीको सरोकारको विषय उद्यमशीलता बन्न सकेमा उद्यमको विकास हुने र देश समृद्धिको बाटोमा अघि बढ्ने बताएका छन्।

नेपाली लिपिको एनाटोमी

हिजोआज नेपाली भाषा बिगारेको र सपारेको कुरामा विभिन्न प्रकारका बहस सुन्न, पढ्न र हेर्न पाइन्छ । एउटा पक्ष भन्छ– भाषाविद्हरूले नेपाली भाषामाथि बलात्कार गरेका छन् । परम्परागत ह्रस्व र दीर्घ हिज्जे बिगारेका छन् ।

नेपाली भरतनाट्यम जोडी

ललितपुरको यलमाया केन्द्रमा बिहीबार साँझ भरतनाट्यम प्रदर्शन सकेलगत्तै उनीहरु विश्राम गृहमा रोकिए । दक्षिण भारतीय पोशाकमा सजिएका उनीहरु ‘चेन्नई एक्सप्रेस’ फिल्मकी नायिका जस्तै सुन्दर देखिन्थे । सिद्धार्थ आर्ट फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सहभागी उनीहरुको सौन्दर्य नृत्यको थकानले झनै निखारेको थियो ।

इन्टरनेट प्रविधिमा नेपाली रचनालाई समेत समावेश गर्नुपर्छः सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पछिल्लोपटक विकास भएका इन्टरनेट प्रविधिमा नेपाली भाषा तथा नेपाली रचनालाई समेत समावेश गर्नुपर्ने बताएका छन्।

युरोपबासी नेपालीबीच टुर दि पोखराको अभियान

‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल भन्दै सुरु भएको ‘टुर दि पोखराको’ अभियान युरोपको नेपाली समुदायसम्म पुगेको छ। युरोपमा बिभिन्न भेटबार्ता छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु गर्दै अभियानबारे जानकारी गराइएको हो।

भनिदेऊ न को हो नेपाली ?

आजभोलि अेखती साबुन र डोब सैम्पोले हामी पनि नुहाउछौं पोखरेलजी? बाबु आमाहरु कालै छन् तर हामी गोरा भाका छौं। कुन्नी किन हो, रासायनिक साबुन सैम्पुले गोरो भएका हामीलाई अझै किन शंकर पोखरेलहरु कालो देख्छन्?

माल्टामाथि नेपालीको जित

नेपालको पुरुष टोलीले अजरबैजानको बाकुमा जारी ४२ औं चेस ओलम्पियाडमा अर्को जित पाएको छ। नेपालले माल्टामाथि ३–१ को जित हासिल गर्दा महिला टोली भने त्यति नै अन्तरमा आइल्यान्डसँग पराजित भयो।

अमेरिकामा मोबाइल एप्सबाटै नेपाली राहदानी बनाउन सकिने

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले अमेरिकामा रहेका नेपालीहरुले मोबाइल एप्सका आधारमा अमेरिकामा रहेका नेपालीहरुले नेपाली राहदानी वनाउन सकिने व्यवस्था गरिएको बताएका छन्।

'नेपाली भाषा भत्काउने खेल अमान्य'

नेपाली भाषाको लेख्य रुपलाई सुधारका नाममा विकृत पारिएको भन्दै त्रिभुवन विश्वविद्यालय, नेपाली भाषा केन्द्रीय विभागले शिक्षा मन्त्रालयको निर्णय नमान्ने भएको छ।

युएइमा नेपाली महिलाले मनाए तीज

नेपाली महिलाहरुले प्रवासी भूमिमा हरितालिका तीज बनाएका छन्। युएइमा यो पटक एक महिनादेखि तिज कार्यक्रम सुरु भएका थिए। युएइका विभिन्न भागमा रातो साडी र गर गहनामा सजिएर नेपाली महिलाले तीज मनाएका हुन्।

नेपाली खेलाडीको मिश्रित प्रदर्शन

नेपाली खेलाडीले अजरबैजानको बाकुमा जारी४२ औं चेस ओलम्पियाडको चौथो चरणमा मिश्रित प्रदर्शन गरेका छन्। पुरुष टोलीले दक्षिण कोरियासँग २–२ को बराबरी खेल्यो भने महिला टोलीले पनि बोत्सनासँग २–२ कै बराबरी खेलेको छ। तीन खेल खेलेका २०११ रेटेड फिडे मास्टर विलमलाल श्रेष्ठले जितलाई निरन्तर बनाए।

संरक्षण शिक्षा बाँड्दै नेपाली विज्ञ

छ दिनअघि अमेरिकामा सुरु भएको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को सम्मेलनमा पशु–चौपाया उपचारमा प्रयोग गरिने औषधि 'डाइक्लोफेनाक' प्रतिबन्धको प्रस्ताव जब स्वीकृत भयो, नेपालबाट सहभागी करिब एक दर्जन संरक्षणविद् आश्चर्यमा परे। त्यसो त उनीहरुलाई यो प्रस्ताव दर्ता हुनु नै अचम्म लागेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्