२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

नेपाली मुलका विहारीको कथा : यो मन त मेरो नेपाली हो

बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत खुटौना सहर प्रवेशद्वारमै सडकको दुबैतर्फ(पूर्व–पश्चिम) हरियो रंगको वोर्डमा सेतो अक्षरले लेखिएको छ– ‘पहाडी टोला’। भारतीय सहरमा ‘पहाडी टोला’ लेखिएको यो बोर्डले यहाँ पुग्ने जोकोहीलाई कौतुहल बनाउँछ।

धनी नेपाली

गरिबी र पछौटेपनमा पिल्सिएका नेपालीको प्रतिव्यक्ति आय पहिलोपटक एक हजार चार अमेरिकी डलर (एक लाख पाँच हजार रुपैयाँ) पुगेको छ। गतभन्दा यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी एक सय ३८ अमेरिकी डलरले बढेको हो। यो वर्ष मुुलुकको कुल गार्हस्थ उत्पादन करिब ६ प्रतिशत बढेर ३० खर्ब रुपैयाँ पुगेका कारण प्रतिव्यक्ति आय पनि बढेको हो।

नेपाली युवालाई बेइजिङ लगेर तालिम दिने चीनको घोषणा

उत्तरी छिमेकी चीनले नेपाली युवालाई तालिम दिने घोषणा गरेको छ। विहीबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाली युवालाई चीन लगेर तालिम दिने घोषणा गरेकी हुन्।

हाम्रा सैनिक बलात्कारमा संलग्न छैनन् : नेपाली सेना

नेपाली सेनाले दक्षिण सुडानमा नेपाली शान्ति सैनिकमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेको छ। विहीबार सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै बाहिर खबर आएजस्तो नेपाली शान्ति सैनिक बलात्कारमा संलग्न नभएको स्पष्ट पारेको हो।

धनी बन्दै नेपाली

पहिलोपटक नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार अमेरिकी डलर भन्दा बढी पुगेको छ । गत वर्षको तुलनामा यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी एक सय ३८ अमेरिकी डलरले वृद्धि भएको हो।

नेपाली गल्फ खेलाडी प्रतिमाको असाधारण क्षमताः टाइगर उड्स

१८ वर्षीया नेपाली गल्फ खेलाडी प्रतीमा शेर्पाको खेल जिवनमा आधारित वृत चित्र यसै साताको अन्त्यमा अमेरिकाको न्यूयोर्कमा प्रिमियर गरिएको छ। चलचित्रमा उनको गल्फ जीवनको भोगाइलाई समेटिएको छ।

टीपीएस नविकरण नहुँदा अमेरिकामा ९ हजार नेपाली प्रभावित हुने

अमेरिकाले नेपालीहरुको लागि दिएको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टीपीएस) नविकरण नगर्ने तयारीमा देखिएको छ। जसको कारण अमेरिकामा रहेका ९ हजार नेपाली प्रभावित हुने भएका छन्। २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्प पश्चात् अमेरिकी सरकारले नेपालीलाई प्रदान गरेको टिपिएस सुविधा २०१९ जुन २४ मा समाप्त हुँदैछ।

प्रविधि र व्यवसायमा छलाङ मार्दै नेपाली संगीत

दशकअघिको सुगम र पाश्र्व दुवै संगीत र अहिलेको संगीतको फ्लेबरमा आकाश पातालको फरक छ । अहिले प्रविधिले गर्दा दर्शकले सिर्जनाको मेलोडीमा नयाँपन पाइरहेका छन् । यो समयमा आएका नयाँ संगीतकर्मीले संगीतमा फरक फ्लेबर ल्याइदिए।

कोलकतामा नेपाली नृत्य

दिलीप थापा डान्स सेन्टर र रवीनदास हेयर ब्युटी एकेडेमी हाउडा, कोलकताले बाह्रौँ प्रतिभा प्रदर्शन प्रतियोगिता २०१८ आयोजना गरेका छन्।

नेपालीमुलका अमेरिकी अर्थशास्त्री पाठकलाई जोन विट्स क्लार्क पुरस्कार

नेपालीमुलका अमेरिकन डा. प्रयाग पाठक 'बेबी नोबल' भनेर चिनिने जोन विट्स क्लार्क अवार्ड २०१८ बाट पुरस्कृत भएका छन्। अमेरिकन इकोनोमिक्स एसोसियनद्धारा अमेरिकामा ४० वर्ष भन्दा कम उमेर समूहका युवा वैज्ञानिक तथा अर्थशास्त्रीलाई प्रदान गरिने यस पुरस्कारका लागि डा पाठक शुक्रबार छनौट भएको घोषणा गरिएको हो।

भारतीय बन्दरगाहमा नेपाली कार्गोको भन्सार पक्रिया हट्दै

तेस्रो मुलुकबाट भारतीय बन्दरगाह भएर नेपालका लागि आउने मालसामानले पूरा गर्नुपर्ने भन्सार औपचारिकता हटाउने प्रक्रिया सुरु भएको छ। ट्रान्जिट भएर आवागमन हुने मालसामानको भन्सार प्रक्रिया सम्बन्धित देशको सीमामा मात्र हुने अन्तर्राष्ट्रिय अभ्यास छ।

क्यासिनोबाट आठ नेपाली पक्राउ

महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ।

विदेशमा रहेका नेपाली स्वदेश फर्काउने अभियान सुरु

देशमा राजनीतिक अस्थिरता अन्त्य भएसँगै सरोकारवालाले विदेशमा रहेका नेपाली स्वदेश फर्काउने अभियानको शुभारम्भ गरेका छन्।

बेलायतको स्थानीय निर्वाचनमा नेपाली मुलका उम्मेदवार

बेलायतको स्थानीय निर्वाचनमा एक महिलासहित आधा दर्जनभन्दा बढी गैरआवासीय नेपालीले उम्मेदवारी दिएका छन्। आगामी ३ मेमा हुने स्थानीय निर्वाचनमा हन्स्लो, बार्नेट, इलिङ, हार्ट डिस्ट्रिकलगायतको क्षेत्रबाट नेपालीहरुले पनि उम्मेदवारी दर्ता गरेका हुन्।

वैदेशिक रोजगारका क्रममा जेल परेका नेपालीको सरकारले कानुनी प्रतिक्षा गर्ने

वैदेशिक रोजगारका क्रममा जेल परेका नेपाली कामदारलाई कानुनी प्रतिरक्षाका लागि सरकारले सहयोग उपलब्ध गराउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्