४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वयन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वय गरिने बताएका छन्। आइतबार लग्जेम्बर्गमा सुरु भएको गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले  गैर आवसीय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभुति गरेकाले त्यसलाई कटौती नगर्ने बताएका हुन्।

एसियाली खेलकूदमा सहभागी नेपाली खेलाडीकाे पाेशाकमा एकरुपता हुने

यस पटकको एसियाली खेलकूद (एसियाड) प्रतियोगतामा सहभागी हुने खेलाडीहरुको पोशाक एकैरुपको हुनेभएको छ। आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा आयोजना हुने १८ आैं संस्करणको उक्त खेलकूद प्रतियोगितामा सहभागी हुने १८५ खेलाडीका लागि चाइनाको इजिलिटी ग्रुपले खेलाडीको जुत्तादेखि टोपीसम्म उपलब्ध गराएको हो।

मलेसियामा एक नेपालीको ज्यान गयो

मेसिनमा च्यापिएर मलेसियामा एक नेपालीको मृत्यु भएको छ। पानी भर्ने र बोतल प्याक गर्ने मेसिनमा च्यापिएर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवास आचार्यको मृत्यु भएको हो।

साउदीमा अलपत्र नेपालीको उद्दार : पैसा कमाउन नपाएको भन्दा घर फर्कन पाएकोमा खुसी

विदेशमा पैसा कमाउने उद्देश्य लिएर समुद्र पार पुग्ने धेरै युवाहरु सपना तुहाएर बिल्लीबाठ हुनुपर्ने समस्याले नेपाललाई छाडेको छैन्। यस्तै सपना साँचेर वैदेशिक रोजगारीका लागि ६ महिनाअघि साउदी अरब पुगेका उदयपुरका एक युवा अलपत्र परेर बल्ल घर फर्कन सफल भएका छन्।

पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग

पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन्।

ट्रकको ठक्करबाट यूएईमा एक नेपाली घाइते

ट्रकको ठक्करबाट यूएईमा एक नेपाली गम्भीर घाइते भएका छन्। रोजगारीका सिलसिलामा केही महिनाअघि मात्र यूएई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी कुम्देलका योगेश राई ट्रकको ठक्करबाट गम्भीर घाइते भएका हुन्।

बेलायतमा दश नेपाली सम्मानित

बेलायतमा एकै पटक १० नेपाली सम्मानित भएका छन्। नेपाल ब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर क्षत्री लगायत १० जनालाई सांसद डा. सूर्य पाठकले सम्मान गरे।

सरकारका विरुद्ध नेपाली कांग्रेसको प्रदर्शन (फोटो फिचर)

नेपाली कांग्रेसले सरकारका विरुद्ध प्रदर्शन गरेको छ। कांग्रेसका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समितिले सरकारका विरुद्ध बानेश्वरमा प्रदर्शन गरेका हुन्। उनीहरुले सरकार अधिनायवाद तर्फ उन्मुख भएको भन्दै विरोध गरे। यस्तै अत्यावस्यक क्षेत्रमा कर बढाएको भन्दै फिर्ता गर्न आग्रह गरेका थिए। चिकत्सा शिक्षा विधेयलाई माथेमा कार्यदलको मर्म अनुसार पास गर्न समेत उनीहले भनेका छन्।

जेठ २ सम्म भिषा स्ट्याम्पिङ भएका नेपाली मलेसिया जान पाउने

रोजगारीका लागि मलेसिया जान भिषा स्ट्याम्पिङ भएर रोकिएका श्रमिकलाई सरकारले अन्तिम श्रम स्वीकृति दिने भएको छ। गत जेठ २ गतेसम्म स्ट्यिाम्पिङ भएकाले मात्र यो सुविधा पाउनेछन्।

केन्याको 'स्ट्रिट क्लव' बाट नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई उद्वार गरिएको छ। प्रहरीले त्यहाँका दुई चर्चित स्ट्रिट क्बलमा छापा मार्दै उनीहरुलाई उद्दार गरेको केन्याको अपराध अनुसन्धान निर्देशनालयलाई उदृत गर्दै केन्याको क्यापीटल न्युजले समाचार प्रकाशन गरेको छ।

लालबाबुजी, को भूतपूर्व, को अभूतपूर्व नेपाली?

जन्मेको देशलाई र अरु कसैलाई पनि कुनै हानी–नोक्सानी नपुर्याइकन आफ्ना लालाबाला लिएर २०६८ सालमा लुसुक्क क्यानडातिर हिँडेको नेपाली मान्छे हुँ म । म नेपाल छाडेर क्यानडा बस्न आएको कुरामा मलाई कुनै गर्व छैन । पश्चाताप त झन् पटक्कै छैन । म यता समृद्ध देशमा बसेकै भएर सामाजिक सञ्जालमा चल्ने आरोप–प्रत्यारोप जस्तो नेपालको सबैथोक खत्तम र नेपालमा बस्ने सबै अज्ञानी हुन्, निरीह हुन् भन्ने सोच कहिल्यै आएन मेरो मनमा ।

केसीलार्इ लिन नेपाली सेनाकाे हेलिकाेप्टर जुम्ला पुग्याे

अनशनरत डाक्टर गोविन्द केसीलाई जबरजस्ती उठाउनका लागि नेपाली सेनाको हेलिकोप्टर जुम्ला आइपुगेको छ।

नेपाली हवाई यात्रुको बिमा रकम अब डेढ करोड

अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली हवाई यात्रुका लागि खुसीको खबर छ । हवाई मार्गबाट विदेश जाँदा–आउँदा नेपालीको बिमा रकम प्रतियात्रु १ लाख ५० हजार अमेरिकी डलर (डेढ करोड रुपैयाँ) सम्म हुने प्रस्तावलाई संसद पठाउने निर्णय मन्त्रिपरिषदले गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्