४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ।

दाेस्राे अभ्यास खेलमा नेपाल १ सय ७६ रनले विजयी

एसिया कप छनौट प्रतियोगिताको अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको नेपाली क्रिकेट टोलीले दाेस्राे अभ्यास खेलमा समेत जित हात पारेको छ। नेपाली टोलीले दोश्रो अभ्यास खेलमा श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लबलाई डकवर्थ लुइस नियमका आधारमा १ सय ७६ रनले पराजित गरेको हो।

नेपाली फुटबलमा पहिलाे पटक ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक शुक्रवार ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास गरेको छ।

दाेस्राे अभ्यास खेलमा नेपालद्वारा ब्लुमफिल्डसामु ३ सय २४ रनकाे चुनाैती प्रस्तुत

मलेसियामा हुने एसिया कप छनौट प्रतियोगिताको अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोश्रो अभ्यास खेलमा ब्लुमफिल्ड क्लबलाई जितका लागि ३ सय २४ रनको लक्ष्य दिएको छ।

कांग्रेस केन्द्रीय समितिको बस्दै, महासमिति बैठकबारे छलफल हुने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाज बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।

ब्याड्मिन्टनमा प्रारम्भिक सफलता

ब्याड्मिन्टनमा नेपाली टोलीले सफलताका कथा रच्ने क्रममा एसियाली खेलकुदअन्तर्गत पुरुष युगलमा मंगोलिया तथा महिला एकलमा माल्दिभ्समाथि जित हासिल गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ।

कांग्रेस भ्रातृ संगठन लथालिंग

नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठनहरू आन्तरिक विवादले लथालिंग बन्न पुगेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माउ पार्टी पराजित भएसँगै संगठन निर्माणमा सक्रिय रहनुपर्ने नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघसहितका संगठनहरू आन्तरिक विवादले आफ्नै महाधिवेशन गर्न नसक्ने अवस्थामा पुगेका छन्।

करको ‘रेट’ हैन दायरा बढाउनुपर्छ : महत

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले सरकारले करको ‘रेट’ नभई दायरा बढाउनुपर्ने बताएका छन्।

कम्प्यूटरको किबोर्डमा खेल्दै जनप्रतिनिधि

‘हामी नेपाली हो। हाम्रो देश नेपाल हो।’ उल्लेखित वाक्य कुनै आख्यानबाट लिइएको होइन। कम्प्यूटर कक्षामा सहभागी बनेका खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानका वडाध्यक्ष केदार राईले निकै समय र मेहनत लगाएर कम्प्यूटरको स्क्रीनमा टाइप गरेका शब्द हुन्।

पहिलाे अभ्यास खेलमा नेपाल ६७ रनले विजयी

एसिया कप छनौट खेलको अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अाज (बुधवार) भएको पहिलाे अभ्यास खेलमा जित हात पारेको छ। नेपाली टोलीले श्रीलंकाकाे स्थानीय क्लब आर्मी क्रिकेट क्लब विरुद्धको खेलमा ६७ रनको जित निकालेको हो।

रसुवागढी जोड्ने सडक सुचारु गर्न सेनाद्वारा अवलोकन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक सुचारु गर्नका लागि नेपाली सेनाले सडकको अवलोकन गरेको छ । प्रदेश ३ हेटौंडामा अवस्थित मध्यपृतनाबाट आएका ६ जनाको टोलीले रसुवाको बेत्रावतीदेखि रसुवागढीसम्मको सडकको अवलोकन गरेका हुन्।

एमजी मोटर्सको जिएस र जेडएस कार नेपाल भित्रियो

पारामाउन्ट मोटर्सले बेलायती कार उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) मोटर्सका उत्पादन जिएस र जेडएस नेपाली बजारमा ल्याएको छ । पारामाउन्ट मोटर्स एमजीको नेपालस्थित आधिकारिक बिक्रेता हो।

एक्युरेसीमा पदकको आशा कमजोर

इन्डोनेसियामा जारी १८औं एसियन गेम्सअन्तर्गत प्याराग्लाइडिङतर्फ एक्युरेसी विधाको प्रतिस्पर्धामा चौथो राउन्ड सकिँदा नेपाली पाइलटले पदक जित्ने सम्भावना भने केही कमजोर बनेको छ।

‘प्रधानमन्त्री र मन्त्रीहरु माफियाबाट सञ्चालन भएका छन्’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्री कार्यालय र हरेक मन्त्रालयहरु माफियाहरुले चलाएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा उनले भने, ‘सरकार त कम्युनिष्ट नामधारी मात्रै हो। कामधारी होइन्। सरकारसँग दुई तिहाई भएकोले केही गर्छ कि भन्ने आशा थियो। तर, केही गर्न सकेन्।’

मूर्ति कुँदेरै मालामाल

सानैदेखि चित्र कोर्नमा सौखिन पर्वत कुश्माको गोदामका प्रकाश नेपाली आठ वर्षदेखि व्यावसायिक रूपमा चित्र कोर्न र मूर्ति कुद्नमा व्यस्त छन् । मूर्ति र चित्रमा कोरेको कलाबाटै उनी र उनको परिवार धानिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्