१ मंसिर २०८१ शनिबार
image/svg+xml

दुई सय ६ नेपाली मलेसियाली जेलमा

रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध बसाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेको पाइएको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा दुई सय ६ नेपाली छन्। तीमध्ये धेरैजसो अवैध रूपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हुन्।

नर्दन आयरल्याण्डमा नेपाल भ्रमण बर्ष २०२०

प्रजातन्त्र दिवसको अवसर पारेर नर्दन आयरल्याण्डमा नेपाल भ्रमण बर्ष २०२० को शुरुवात गरिएको छ।  वेलफास्टमा मंगलबार आयोजित ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, डियुपी नेतृ फोष्टर, नर्दन आयरल्यण्डमा सभामुख रोबीन न्युटन, स्थानीय सिनफिन पार्टीका सांसद कोहीमी आर्चीबाल्ट लगायतले नेपाल भ्रमण बर्ष २०२० ब्यानर संयुक्त रुपमा उद्घाटन गरे।

एक वर्ष बाँकी छँदै महाधिवेशनको ज्वरो

महाधिवेशन आउन एक वर्ष छँदै सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालाई प्रतिस्पर्धी कै रूपमा उभ्याएपछि कांग्रेसमा महाधिवेशनको चर्चा सुरु भएको छ। बुधबार सभापति देउवाले नेता कोइरालाई कटाक्ष गर्दै भने, ‘थर कोइराला हुँदैमा नेतृत्वका लागि सक्षम हुँदैन।’

उज्जैनमा नेपाली कला प्रदर्शनी

कालीदास र राजा विक्रमादित्यको सहर भनेर चिनिने भारतको उत्तर प्रदेशको ऐतिहासिक सहर उज्जैनमा नेपाली कलाकारहरूले चित्रकला प्रदर्शनी गरेका छन्। नेपालबाट त्यहाँ पुगेका नौजना कलाकारहरूको समूहले आफुसँगै लिएर गएका आफ्ना तथा अन्य कलाकारहरूले सिर्जनालाई उज्जैनको क्लब फनकार आर्ट ग्यालरीमा प्रदर्शन गरेका हुन्।

फरक फ्लेभरका तीन फिल्म

आज शुक्रबारबाट तीन नेपाली फिल्म ‘फिंगर प्रिन्ट’, ‘रुमालै छ चिनो’ र ‘ब्वाइफ्रेण्ड’ रिलिज हुँदैछन्। फिंगर प्रिन्टको दुरुपयोगले हुने जघन्य अपराधलाई समेटिएको फिल्म ‘फिंगर प्रिन्ट’मा नविन निरौलाको लेखन, सम्पादन र निर्देशन छ।

नेपाली युवा टोलीको फराकिलो जित, अभिषेकको ह्याट्रिक

समूहचरणको आफ्नो दोस्रो खेलमा नेपालको यु–२१ फुटबल टोलीले भारतमा जारी दोस्रो डाक्टर टिएओ नर्थ इस्ट इन्टरनेसनल यु–२१ गोल्डकप प्रतियोगितामा भारतको टोली त्रिपुरामाथि बिहीबार ८–० को फराकिलो जित निकालेको छ।

दुई समूहका अडान, विधान अलपत्र

नेपाली कांग्रेसको महासमिति बैठकको निर्णय कार्यान्वयनको विषयलाई लिएर पार्टीभित्र विवाद बढ्दै गएको छ। विधानमाथि नेताहरूको अड्डीले कांग्रेसमा मतभेत सुरु भएको हो।

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई अर्थमन्त्रीकाे आग्रह

अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

नेपाली कांग्रेसको बिहीबार बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ। महासमिति बैठकका निर्णयलाई कार्यान्वयन गर्न बस्ने भनिएको बैठक गुटगत विवादका कारण स्थगित भएको हो।

नेताको गला धान्नै नसक्ने माला

नेपाली राजनीतिमा नेताले धान्नै नसक्ने गरी फूलको माला लगाउने र लगाइदिने प्रचलन केही वर्षयता संस्कृतिकै रूपमा विकासित हुँदै गएको छ। राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री र चर्चित युवा नेता धान्नै नसक्ने माला लगाउन पाउँदा दंग हुन्छन्।

५ वर्षपछि सुनको मूल्य उच्च, अझै बढ्न सक्ने

बिहीबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ६३ हजार एक सय रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला ६३ हजार तीन सय थियो। अहिले बढेको सुनको मूल्य ५ वर्ष पछिको उच्च मूल्य हो। २०७० भदौ १२ गते यसरी नै सुनको मूल्य ६३ हजार तीन सय पुगेको थियो।

अन्वेषक शिव रेग्मीः एक मौन साधकको अवसान

नेपाली साहित्यका एक अप्रतिम साधक, कुशल निबन्धकार, अन्वेषक र नेपाली साहित्यिक पत्रपत्रिकाका सबैभन्दा ठूला संकलक शिव रेग्मीको ७८ वर्षको उमेरमा बुधबार निधन भयो।अनुशासनबद्ध आहार बिहार, नियमित  व्यायाम, उपयोगी औषधिको सन्तुलित सेवन र सार्थक जीवनयापनप्रति सकारात्मकताका बलमा रेग्मीले उच्च रक्तचाप र मधुमेहको दीर्घरोगलाई लामो समयसम्म नियन्त्रणमा राखेका थिए।

नेपाली युवा टोली पराजित

भारतको गुहावाटीमा मंगलबारदेखि सुरु भएको दोस्रो डाक्टर टिएओ नर्थ इस्ट इन्टरनेसनल यु–२१ गोल्डकप प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली युवा टोली भारतको मेघालय टोलीसँग बुधबार ३–२ ले पराजित भएको छ।

रहेनन् साहित्य अन्वेषक

नेपाली साहित्यका अन्वेषक, संकलनकर्ता, विभिन्न पुस्तकका सम्पादक र लेखकका रूपमा परिचित शिव रेग्मी अब रहेनन्। बुधबार दिउँसो उनको निधन भएको रेग्मी सम्बद्ध स्रोतले जनाएको छ।

संसद् बैठकमै रेग्मीले च्यातिन् नियमावली

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले स्थानीय पूवाधार विकास साझेदारी कायक्रम (सञ्चालन कायविधि) नियमावली २०७५ प्रकाशित भएको राजपत्रलाई संसद्मा च्यातेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले नियमावलीको नियम ७ मा रहेको समितिको बैठकसम्बन्धी कायविधिको उपनियम (४) मा ‘कायक्रम परामश समिति’को निणय सवसम्मतिबाट हुन नसकेमा संयोजकको निणय अन्तिम हुनेछ भन्ने व्यवस्था गरेको भन्दै राजपत्र च्यातेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्