१ मंसिर २०८१ शनिबार
image/svg+xml

जथाभावी बोल्दै हिँड्ने कोइरालालाई समेत कारबाही हुन सक्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारबाही हुने बताएका छन्। नेपाली कांग्रेस पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र अनुशासन नभए पार्टी कमजोर हुने भएकाले पार्टीलाई हानि–नोक्सानी पुर्याउने सबैलाई कारबाही हुने स्पष्ट पारे।

सिमरामा देउवालाई १ सय ५१ किलोको माला

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बाराकाे सिमरामा १ सय ५१ किलोको माला लगाएर स्वागत गरिएको छ।

दुई महिना पनि टिकेन देउवा–पौडेल ‘डिप लभ’

दुई महिनाअघि नेपाली कांग्रेसको महासमिति बैठकबाट ‘डिप लभ’ को घोषणा गरेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको सम्बन्ध ‘ब्रेकअप’ अवस्थामा पुगेको छ।

३२ कटेका हटाउन नेविसंघमा दौडधुप

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ३२ कटेका नेताहरू हटाउन पार्टीभित्र तेस्रो धार भनिएको समूहले दौडधुप सुरु गरेको छ।

किन बढ्दै छ अस्ट्रेलियामा विद्यार्थी आकर्षण ?

पछिल्ला केही वर्षयता विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरूको संख्या बढेको छ। राम्रो विषयको खोजीमा नेपाली विद्यार्थीले वैदेशिक शिक्षामा जोड दिएको देखिन्छ। केही वर्षयता नेपाली विद्यार्थीको पहिलो रोजाइ नै अस्ट्रेलिया बन्दै गएको छ। विगत पाँच वर्षको तथ्यांक हेर्ने हो भने विदेश जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ।

‘कांग्रेसमा अहिले नै गगनको पुस्ताले नेतृत्व पाउने अवस्था छैन्’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट बुद्धिजीवीले कांग्रेस नेताहरू गाउँ गएर आफ्ना गुटका कार्यकर्ता मात्र भेट्ने गरेको आरोप लगाएका छन्। प्रजातन्त्र दिवसको अवसर पारेर मंगलबार केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले आयोजना गरेको ‘कांग्रेसको अबको जिम्मेवारी विषयक’ कार्यक्रममा उनीहरूले कार्यकर्ताहरू पनि नीतिभन्दा व्यक्तिमुखी भएकाले कांग्रेसकाे भूमिका कमजाेर देखिएकाे बताए।

नेविसंघको नेतृत्वका लागि आआफ्नै दाउ

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वका लागि विद्यार्थी नेताहरूले सक्रियता बढाएका छन्। नैनसिंह महर नेतृत्वको केन्द्रीय समितिले विधानको व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न गर्न नसकेपछि पार्टीले महाधिवेशन गराउन नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो। पार्टी सभापति शेरबहादुर देउवालाई नेताहरूसँग परामर्श गरेर संघको नयाँ नेतृत्व टुंगो लगाउन केन्द्रीय समितिले जिम्मा दिएको छ।

नेविसंघको नेतृत्वमा तेस्रो धारको दाबी

नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा  नेता कृष्णप्रसाद सिटौला समूहले नेतृत्वको दाबी गरको छ।

एनआरएन अमेरिकाको सदस्य संख्या १० हजार, चुनावी चहलपहल सुरू

गैरआवासिय नेपाली संघ अमेरिकाको सदस्यता लिने समय सकिएको छ। अन्तिम नामावली आउने दिनसम्म सदस्यको सख्या १० हजारको हाराहारीमापुग्ने अनुमान गरिएको छ।

कांग्रेसमा गच्छदार ‘सेटल’, फोरमका अरू कार्यकर्ता अलपत्र

संघीय तहको निर्वाचनअघि नेपाली कांग्रेससँग एकता भएको लोकतान्त्रिक फोरमका कार्यकर्ताहरू पार्टीमा जिम्मेवारविहीन भएका छन्।

तत्काल नहट्ने निश्चित

नेपाली जहाजलाई युरोपका आकाशमा उड्न लगाइएको प्रतिबन्ध अझै केही समय नहट्ने निश्चित भएको छ। शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, मन्त्रालयका उच्च अधिकारी, युरोपेली युनियन (इयू)का दूत, फ्रान्सका राजदूत, नागरिक उड्डयन प्राधिकरणका उच्च पदाधिकारीबीच भएको छलफलमा इयूले तत्काल कालोसूचीबाट हटाउन नमिल्ने निष्कर्ष निकालेको हो।

नेपाली महिला क्रिकेट टोली थाइल्यान्डमा

मंगलबारबाट हुने आइसिसी महिला एसिया छनोट प्रतियोगिता खेल्नका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली शनिबार थाइल्यान्ड पुगेकाे छ।

नेविसंघमा महिला नेतृत्व माग गर्दै देउवाकोमा पुगे विद्यार्थी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा महिलाको नेतृत्व माग्दै विद्यार्थी नेतृहरू सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन्।

सरकारको एक वर्ष

दुई तिहाइ बहुमतको प्रधानमन्त्री केपी शर्मा ओलीको शक्तिशाली सरकारले पहिलो वर्ष पूरा गरेको छ।  जनआन्दोलन २०४६ लगत्तै भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसले पाएको सुविधाजनक बहुमतको सरकार तीन वर्षमै मध्यावधि निर्वाचनमा गएपछि सुरु भएको मुलुकको अस्थिरता यात्राको विरामका रूपमा यसलाई हेरिएको छ।

गगनको प्रश्नः प्रधानमन्त्रीज्यू ऐना हेर्नु हुन्छ कि हुन्न ?

नेपाली कांग्रेसका युवा नेता गगन थापाले हप्तै विच्छे बाहिरिने अनेक भ्रष्टाचारको विषयमा सरकारको नाम जोडिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने वाक्य हास्यास्पद रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्