अमेरिकामा दुई नेपाली कम्युनिटी बोर्डथ्री र बोर्ड फाइभको सदस्यमा नियुक्त
न्यूयोर्कको क्वीन्स बोरो प्रेसिडेन्टले न्युयोर्क बस्दै आएका दुई नेपाललीलाई कम्युनिटी बोर्डथ्री र बोर्ड फाइभको बोर्ड मेम्बरमा नियुक्त गरेको छ ।
न्यूयोर्कको क्वीन्स बोरो प्रेसिडेन्टले न्युयोर्क बस्दै आएका दुई नेपाललीलाई कम्युनिटी बोर्डथ्री र बोर्ड फाइभको बोर्ड मेम्बरमा नियुक्त गरेको छ ।
पौरखी नेपालको आयोजनामा ‘आप्रवासी नेपाली घरेलु कामदार’को राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ ।
ठोरी सडक खण्डको महुवनमा आज बिहान भारतीय नम्बरको टाटासुमो पल्टिँदा एक नेपाली नागरिकको मृत्यु भएको छ। पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बिआर१पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा वाहनमा सवार पटेर्वा-७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।
पछिल्लो समय अमेरिकामा कति नेपालीहरू बसोबास गरिरहेका छन् भन्ने तथ्यांकको अभाव भइरहँदा ३ लाख १५ हजार ९ सय ८० रहेको तथ्यांक सार्वजनिक भएको छ ।
जर्मनीको वातावरण, प्रकृति संरक्षण, निर्माण तथा आणविक सुरक्षामन्त्री बारबरा हेन्ड्रिक्सले जलवायु परिवर्तन अनुकूलन खेतीका लागि नेपाली महिलाले अपनाउँदै आएको पद्धतिको प्रशंसा गरेकी छिन् ।
सप्तरीको सदरमुकाम राजविराजस्थित दुई स्थानमा आज बिहान फेला परेको सकेट बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। राजविराजस्थित कृष्णदल गणबाट सेनानी रुद्रवीर कार्कीको नेतृत्वमा गएको डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको नेपाली सेनाले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा प्रस्ताव राखे, ‘चिनियाँ रेललाई काठमाडौं– पोखरा हुँदै लुम्बिनीसँग पुर्याउन सहयोग चाहियो।’
राजापुरस्थित ८६ र ८७ नं. सीमा स्तम्भको ८० मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउँदा भारतीय सुरक्षाकर्मी एसएसबीले अवरोध गरेको छ। चैत १६ र १७ गते नेपाल–भारत सीमा छुट्याउने अन्तर्राष्ट्रिय सिमानामा पर्ने दशगजाबाट करिब ८० मिटर उत्तरको नेपाली भूमिमा तारबार लगाउँदा एसएसबीले अवरोधको प्रयास गरेको हो।
नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले उद्योग मन्त्रालयले सुरु गरेको नीतिगत सुधारका कारण नेपालमा वैदेशिक लगानीकाे वातावरण बन्दै गएको बताएका छन्।
ग्यास ढुवानीमा भारतीय निर्भरता अन्त्य गर्न नेपाली ग्यास उद्योगीले किनेका एलपिजी ग्यास बुलेट लामो समयदेखि भारतमा अड्किएका छन्। भारतको 'एक्स्प्लोसिभ डिपार्टमेन्ट'ले विभिन्न बहाना बनाएर नेपाली नम्बर प्लेटका बुलेटको 'एक्स्प्लोसिभ सेफ्टी' प्रमाणित नगरी करिब साढे दुई महिनादेखि अड्काएर राखेको हो।
अघिल्लो आर्थिक वर्षमा ५६ करोडभन्दा धेरैको निर्यात भएको कत्था गत वर्ष जम्मा २४ करोडको मात्र।
फ्रान्सको राजधानी पेरिससँगै जोडिएको ओभरभेले कृत्रिम खोलामा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। काठमाण्डौं गोठाटार घर भएका सन्तोष दाहाल गत सेप्टेम्बर १७, २०१५ मा अध्ययनको लागि डेनमार्कको राजधानी कोपनहेगनको नेल्सबर्ग कलेजमा आएका थिए।
अमेरिका निवासी नेपाली मूलका १४ वर्षीय किशोर विशेष अधिकारी उमेर समूहको अमेरिकन फुटबल टोलीमा परेका छन्। उनले स्पेनको बार्सिलोनामा हुने फुटबल प्रतियोगितामा अमेरिकी टोलीबाट खेल्दैछन्।
छ हजारभन्दा बढीको निशुल्क उपचार गर्दै स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा भएको निशुल्क निशुल्क सघन स्वास्थ्य शिविर रौतहटमा सम्पन्न भएको छ ।
अमेरिकाको दक्षिणपूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेप्लिज एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) ले एकै दिन अमेरिकाभर ६ स्थानमा रक्तदान सम्पन्न गरेको छ।