२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

किशाेरी बलात्कारकाे अाराेपमा एक व्यक्ति पक्राउ

बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो ।

९ जना जुवाडे पक्राउ

बेनी नगरपालिका–९ गलेश्वरमा जुवा खेलिरहेको अवस्थामा ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जुवातास लक्षित अभियान अन्तर्गत गलेश्वरका दिपेन्द्र मगरको घरबाट ९ जनालाई जुवाखालबाट नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक सन्तोष रोकाले बताए । ‘चुनाव र चाडपर्वसँगै जुवातास खेल्ने र खेलाउनेहरुलाई नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अघि बढाएका छौं,’उनले भने ।

बन्धक बनाएर बालिका बलात्कार गर्ने चालक पक्राउ

१४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबरजस्ती करणी गर्ने उदयपुरका एक युवकलाई खोटाङ प्रहरीले पक्राउ गरेको छ । खोटाङमा आएर ट्याक्टर चलाउँदै आएका त्रियुगा नगरपालिका–९ का विदुर भनिने कुलबहादुर कटवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो।

८८ किलो सुन तस्करीका नाइके समानुपातिकको टिकट लिन आउँदा पक्राउ

ठमेलमा फेला परेको तस्करीको ८८ किलो सुनको लगानीकर्तामध्येका मानबहादुर तामाङ पक्राउ परेका छन् । नेपाली कांग्रेसको समानुपातिकतर्फको टिकट लिन काठमाडौं आएका बेला उनी पक्राउ परेका हुन्।

काँग्रेस समानुपातिक सूचीमा रहेका तामाङ ८८ केजी सुन तस्करी प्रकरणमा पक्राउ

नेपाली काँग्रेसको प्रदेश सभातर्फ समानुपातिकको सूचीमा परेका मानबहादुर तामाङ ८८ केजी सुन तस्करी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका छन्। नेपाल—चीन केरूङ व्यापार संघका अध्यक्ष उनी रसुवा निवासी हुन्। छोटो समयमै अकुत सम्पत्ति आर्जन गरेका उनी केही समययता प्रहरी निगरानीमा थिए।

फेसबुकबाट साथी बनाएर करोड बढी ठग्ने तीन पक्राउ

फेसबुकबाट बेलायती नागरिकको नाममा प्रोफाइल बनाएर नेपालीलाई साथी बनाएर बहुमुल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलर पार्सल गरी पठाइदिन्छु भनी ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिरामी कुरुवालाई बलात्कार प्रयास गर्ने पक्राउ

अत्तरखेल जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा बिरामी कुरुवाको बलत्कार प्रयास गरेको आरोपमा विश्वराम बुढाथोकी पक्राउ परेका छन्। १७ वर्षिय किशोरीको बलत्कार प्रयासको आरोपमा महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ उनलाई पक्राउ गरेको हो।

जुवा खेलिरहेका ८ जना एक लाख ६४ हजारसहित पक्राउ

प्रहरीले जुवा खेलिरहेको अवस्थामा साेमबार एक लाख ६४ हजारसहित आठ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित तीर्थराज पन्तको घरमा नगदसहित आठ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढा मगरले जानकारी दिए ।

१ लाख ६४ हजार सहित ८ जुवाडे पक्राउ

प्रहरीले धनगढीमा जुवाको खालवाट १ लाख ६४ हजार नगद सहित ८ जना जुवोडेलाई समातेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर तीर्थराज पन्तको घरमा जुवा खेलीरहेका अवस्थाबाट पक्राउ गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाले बताए।

एनआरएन सम्मेलनमा आएका थापा ठगी आरोपमा पक्राउ

गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौं सम्मेलनमा भाग लिन जापानबाट काठमाडौं आएका अनुज थापा ७ करोड रुपैयाँ ठगी अभियोगमा पक्राउ परेका छन् ।

एमबीबीएस प्रवेश परीक्षामा प्रविधिमार्फत चिट चोर्ने र चोराउने पक्राउ

एमबीबीएस प्रवेश परीक्षामा वायरलेस डिभाइस मार्फत चिट चोर्ने र चोराउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

एनआरएन नेता थापा ७ करोड ठगीमा पक्राउ

जापानबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) काे आइसीसी सदस्य चयन भएका अनुज थापालाई महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको छ। एनआरएनएको आठौं ग्लोबल सम्बेलनमा सहभागी हुन जापानबाट आएका उनलाई ७ करोड रुपैयाँ ठगी अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो।

मालपोत कार्यालय बागलुङका प्रमुख घुससहित पक्राउ

जिल्ला मालपोत कार्यालय बागलुङका प्रमुख विश्वनाथ शर्मा सेवाग्राहीबाट घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका छन्। सेवाग्राहीबाट नगद दस हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले पक्राउ गरेको हो।

३० हजार घुस सहित वन रक्षक पक्राउ

अख्तियार अनुसन्धान आयोगको टोलीले ईलाका वन कार्यालय,राजापुरका वन रक्षकलाई वुधवार घुस सहति पक्राउ गरेको छ। अख्तियार अनुसन्धान आयोग कोहलपुरस्थित सम्पर्क कार्यालयको टोलीले वन कार्यालयको परिसरवाट वन रक्षक सीताराम थारुलाई घुस सहित रंगेहात पक्राउ गरेको हो।

सुटर पक्राउबारे गृहमन्त्रीले ढाँटे

गृहमन्त्री जनार्दन शर्माले सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि ३ जना हतियारसहित पक्राउ परेको दाबी गरेका थिए । उनले गौचनको हत्यामा संलग्नलाई चाँडै सार्वजनिक गर्ने दाबी पनि गरेका थिए । अनामनगरस्थित महासंघको कार्यालय जान सोमबार दिउँसो घरबाट हिँडेका गौचनलाई २ः ४५ बजे मध्यबानेश्वर खरीबोटमा सुटरले गाडिभित्रै गोली हानेर हत्या गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्