२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लागु औषध सहित चार जना पक्राउ

रुपन्देही प्रहरीले ठूलो परिमाणको लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्लाको रोहीणी गाउँपालिकाबाट लागु औषध खरिद बिक्री तथा तस्करी हुँदै गर्दा राधेश्याम यादव, गुलाव चन्द शाहनी, अन्तिम गुरुङ र अञ्जु गुरुङ पक्राउ परेका छन् । प्रहरीले उनीहरको साथबाट दुर्इ हजार १ सय थान डाइजेपाम, फेनारगन र नुफिन बरामद गरेको छ ।

युवती अपरहणमा संलग्न ६ पक्राउ

दुइ साताअघि युवती अपहरण गरी फिरौती माग्ने ६ जनालार्इ पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । युवती अपहरण गरेर दुइ करोड फिरौती माग्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालार्इ पक्राउ गरी आवश्यक अनुशन्धान अगाडी बढाएको छ ।

हत्या र अपहरणमा संलग्न ९ जना पक्राउ

रुपन्देहीमा एकसाताको अवधीमा व्यक्ति हत्या र अपहरणमा संलग्न नाैं जना पक्राउ परेका छन् । रुपन्देही प्रहरीले एक साताको अवधीमा २० वर्ष अघि हत्या गरेर फरार अभियुक्त सहित नाैं जनालाइ पक्राउ गरेको हो ।

कस्तुरीको विनासहित दुई पक्राउ

प्रदेश नम्बर ६ प्रहरी कार्यलयको विशेष टोलीले कस्तुरीको विनासहित दुई जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार दिउँसो वीरेन्द्रनगर–६ को पिपल चौतारा नजिक एक होटलबाट जुम्लाको तीला गाउँपालिका–२ का ३६ वर्षीय कर्ण बोहोरा र मालिका गाउँपालिका–२ का ४० वर्षीय चन्द्रबहादुर रावतलाई पक्राउ गरेको हो ।

विद्युत चोरी गर्ने ३० जना पक्राउ

विद्युत चोरी नियन्त्रण अभियान अन्तर्गत सप्तरीका विभिन्न शहरी तथा ग्रामीण भेगमा पाँच दिन लगातार गरिएको अनुगमनमा ३० जनालाई पक्राउ गरिएको छ । नेपाल विद्युत प्राधिकरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानका खम्बाबाट विद्युत चोरी गर्ने ३० जनालाई पक्राउ गरेर विद्युत ऐना अन्तर्गतको कारवाही गरिएको जानकारी केन्द्रका प्रमुख चन्द्रनारायण साहले दिए ।

गौचन हत्याको अाधा घन्टापछि रिभल्वरसहित तीन पक्राउ

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको शंकामा प्रहरीले तीन जनालाई रिभल्वरसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मनमैजू क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको र उनीहरुसँगबाट हतियारसमेत बरामद भएको एआइजी जयबहादुर चन्दले नागरिकन्युजलाई बताए।

अदालत कर्मचारी घुससहित पक्राउ

बनेपा- जिल्ला अदालत, काभ्रेपलाञ्चोकका नायब सुब्बा राजेन्द्र खत्री रु एक लाख २५ हजार घुससहित साेमबार धुलिखेलबाट पक्राउ परेका छन् । अदालत परिसर बाहिर सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।

चाँदीका गहनासहित एक युवक पक्राउ

प्रहरीको गस्ती टोलीले साेमबार सिरहा नगरपालिका–१७ बाट चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको स५प ६३३६ नंको मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका–९ निवासी ३६ वर्षीय राजेश्वर साहलाई अवैध चाँदीका गहनासहित पक्राउ गरेको हो ।

ब्राउनसुगरसहित चार पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१ का २१ वर्षीय कृष्ण थापाको घरबाट १० ग्राम ३९० मिलिग्राम लागूऔषधसहित शनिबार चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२ लाखसहित ९ जुवाडे पक्राउ

तासको खालबाट धादिङ प्रहरीले गयराति २ लाख बरामद गरेको छ। सिद्धलेक गाउँपालिका वडा नम्बर सातस्थित रहेको रामशरण सेढाईंको घरमा तास खेलिरहेका ९ पक्राउ परेको हो। पक्राउ परेकाहरुको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

मृत भेटिएका शिशिरको हत्या गरिएको आशंका, एक पक्राउ

भरतपुर महानगरपालिका–१४ सुन्दरबस्तीस्थित सडक छेउमा मृत भेटिएका शिशिर नेपालीको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ।

जबरर्जस्ती करणी गर्न खोज्ने एक पक्राउ

सुस्तमनिस्थिति भएकी एक महिलालाई जबरर्जस्ती करणी गर्न खाज्ने ई–रिक्सा चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ।

जुवाकाे खालबाट राप्रपा नेता पक्राउ

धनकुटाको पाख्रीबासबाट जुवा खेलीरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीयवासीको उजुरीको आधारमा जुवाको खालमै पुगेर पक्राउ गरेको प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए।

अनधिकृत रुपमा विद्युत् प्रयोग गर्ने नौजना पक्राउ

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाको विभिन्न ठाउँबाट अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दै आएका नौजनालाई पक्राउ गरिएको जनाएको छ।

हत्या र डकैती अभियोगमा फरार मोस्ट वान्टेड पूर्व सैनिक १० वर्षपछि पक्राउ

तीन जनाको हत्या, दर्जनौ डकैती र उपत्यकामा बम पड्काएको अभियोगमा १० वर्षदेखि फरार रहेका सशस्त्र भूमिगत समूहका सदस्य प्रकाश सिंह ठकुन्ना पक्राउ परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्