२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बदला लिन पक्राउ

आवरणमा देवनारायण यादव र उनका छोरा अजयलाई अपहरणको मुद्दा लगाए पनि पक्राउ गर्नुको अन्तर्निहित तथ्य सीमा बचाऔं आन्दोलनमा लागेर भारतीय पक्षसँग प्रतिकार गरेबापतको बदला नै हो ।

बिप्लब माओवादीका दुई कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीका दुई जना कार्यकर्तालाईं बुधबार दिउँसो इटहरीबाट प्रहरीले पक्राउ गरेको छ ।

राम रहिम सिंहकी धर्मपुत्री हनीप्रित पक्राउ

भारतका विवादित धर्मगुरु राम रहीम सिंहकी धर्मपुत्री हनीप्रित इन्सानलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।  अगस्ट महिनामा धर्मगुरु राम रहीमलाई अदालतले २० वर्ष अगाडि आफ्ना दुई महिला अनुयायीलाई बलात्कार गरेको घटनामा दोषी ठहर गरेपछि भएको हिंसा भड्काउनमा संलग्न रहेका आरोपित मध्ये हनीप्रित इन्सान पनि एक थिइन् । उक्त हिंसामा ३८ जनाको मृत्यु भएको थियो । राम रहीम सिंह पक्राउ परेलगत्तै उनी बेपत्ता भएको प्रहरीले बताउँदै आएको थियो  । पक्राउ पर्नु भन्दा केही घण्टा अगाडि एउटा टेलिभिजन कार्यक्रममा बोल्दै उनले हिंसा मच्चाउनमा आफ्नो संलग्नता रहेको भन्ने आरोपले आफू विक्षिप्त भएको बताएकी थिइन् । ‘म हिंसा मच्चाउनेहरुसँगै थिएँ र? कसरी म माथि यस्ता आरोप लगाइए,’ उनले उक्त टेलिभिजमा प्रतिप्रश्न गरेकी थिइन् ।

एक सय १७ सैनिकलाई पक्राउ आदेश

टर्कीको एक अदालतले एक सय १७ जना सैनिक अधिकारीलाईपक्राउ गर्न आदेश जारी गरेको छ । गत वर्ष भएको असफल ‘कू’ मा सम्बन्धित रहेको आरोपमा ती ११७ जना सैनिक अधिकारीलाई सो पक्राउ आदेश जारी गरिएको बताइएको छ । टर्कीको ४५ वटा प्रान्तमा एकसाथ जारी गरेको कारबाहीका क्रममा सो वारेन्ट जारी गरिएको टर्की प्रहरीले जानकारी दिएको छ ।

७१ हजारसहित पाँच जुवाडे पक्राउ

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले रु ७१ हजार ५५, चार थान ताससहित पाँच जुवाडेलाई बिहीबार पक्राउ गरेको छ । जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउसका जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा तिनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।

४६ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

४६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छिन्। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको हेन्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने ४१ वर्षीया चिनियाँ नागरिक यानकुन दुवानलाई लुकाई छिपाई राखेको अमेरिकी डलर ४६ हजार ४ सय ८० र चाइनिज यान १ हजार ६ सयसहित बिहीबार पक्राउ परेका हुन्।

वडाध्यक्ष सहित १२ जना जुवाडे पक्राउ

सुनसरीको काशी गाउँपालिका–८ का वडाध्यक्षसहित १२ जना जुवाडेलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरी काशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रबाट पक्राउ गरेको थियो।

चाँदीका गहनासहित भारतीय पक्राउ

साढे चार किलो अवैध चाँदीका गहनासहित भारतीय नागरिक सुरेन्द्र साह पक्राउ परेका छन्।  भारतको मोतीहारी जिल्ला औराहियाठाना–४ आदापुर घर भएका ५१ वर्षीय साहलाई आइतबार साँझ बागलुङ सदरमुकामबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रदर्शन, ११ पक्राउ [फोटो-भिडियो]

चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद भवनमा धर्ना दिने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। संसद सचिवालयले उक्त विधेयक आजको कार्यसूचीमा राखेपछि डाक्टर, कलाकार, विद्यार्थीलगायत ब्यक्तिहरु संसद भवनअघि धर्ना दिन पुगेका थिए। धर्ना बसेका उनीहरुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

प्रहरी हुँ भन्दै युवासंघ महासचिव चढेको गाडी खानतलासी गर्ने दुई पक्राउ

युवा संघका महासचिव किरण पौडेल चढेको गाडी चेकजाँच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका पशुपति थपलिया र कुमार थपलिया रहेका छन्।

गहना चोरी गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वमा दिउँसै सर्वसाधारणका घरमा पसी बहुमूल्य सुनका गरगहना तथा नगदसमेत चोरी गर्ने अभियुक्तलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

कटुवा पेस्तोल र गोलीसहित पक्राउ

कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित एकजना आइतबार पक्राउ परेका छन्।

५० हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीबाट ५० हजार अमेरिकी डलर सहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा चीनको हुनान प्रान्तकी ४७ वर्षीया लि लिवान रहेकी छिन् । बुधबार दिउसो रसुवागढीमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले उनलाई पक्राउ गरेको हो ।

फरार अभियुक्त ३७ वर्षपछि पक्राउ

३७ वर्षअघि ज्यान मार्ने उद्योगको दोषी प्रमाणित गर्दै जेल सजाय पाएपछि फरार भएका एक व्यक्ति अहिले पक्राउ परेका छन् ।

ट्रक र बियर त्रिशुलीमा खसाल्ने ४ जना पक्राउ

बनावटी दुर्घटना गराई बियर र ट्रकको क्षतिपूर्ती रकम खाने योजनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्