२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

'प्रोक्सी' मत खसाल्ने १३ पक्राउ

महोत्तरीको विभिन्न मतदान केन्द्रमा प्रोक्सी मत खसाल्न खोज्ने १३ जना मतदातालाई प्रहरीले पक्राउ गरेको छ। अर्काको नाममा मतदान गर्न खोजेकाले जिल्लाको विभन्न मतादन केन्द्रहरुबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी कुवेर कडायतले बताए।

मदिराका लागि २५ हजारमा आफ्नै छाेरा बेच्ने बाबु पक्राउ

सुन्दै अचम्म लाग्छ ! मोबाइल, रक्सी र कपडाका लागि कसैले आफ्नै सन्तानलाई बेच्न सक्छ भनेर । केही समय अगाडि मात्रै आइफोनका लागि चीनका एक युवकले आफ्नै किड्नी बेचेको खबर आएको थियो । अहिले भने मोबाइललगायतका सामान किन्नका लागि बाबुले आफ्नै बच्चा बेचेको खबर बाहिरिएको छ । भारतका एक बाबुले रक्सी, मोबाइल र कपडाका लागि आफ्नै छोरालाई बेचेका छन्।

अठार फेसबुक अकाउन्ट भएका व्यक्ति युवती हत्या अभियोगमा पक्राउ

भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकारसम्मेलनको आयोजना गरी भदौ १८ गते घरबाट बेपत्ता भएकी घिमिरेको २२ गते दिउँसो नजिकै कुलोमा सडेको अवस्थामा शव फेला परेको जानकारी दिएको छ।

२० हजार अमेरिकी डलरसहित दुई पक्राउ

अमेरिकी डलरसहित प्रहरीले मंगलबार दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनहरा बस्ने मकवानपुरको बसामाडी–६ का ३३ वर्षीय निमा रिन्जिन र सिन्धुपाल्चोकको फुलपिङ्गकोट–३ का  १९ वर्षीय राज कार्की रहेका छन् ।

११ वर्षदेखि फरार अभियुक्त पक्राउ

नागरिकता र सरकारी छाप कीर्ते गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला भई ११ वर्षदेखि फरार दोषीलाई प्रहरीले मङ्गलबार पक्राउ गरी कारागार चलान गरेको छ।

किर्ते मुद्दाका दोषी पूर्वगाविस अध्यक्ष पक्राउ

सरकारी छाप दस्तखत तथा नागरिकता र राहदानी किर्ते गरेको दुई मुद्दामा २३ महिना कैद सजायँ पाएका पूर्वगाविस अध्यक्ष पक्राउ परेका छन्। दोषी ठहर भएपछि १० वर्षदेखि फरार तत्कालीन मेलम्ची गाविसका पूर्वअध्यक्ष कुमार पाण्डे मंगलबार पक्राउ परेका हुन्।

नागरिकता र सरकारी छाप कीर्ते गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले नागरिकता प्रमाणपत्र र सरकारी छाप कीर्ते गरी १० वर्ष अघिदेखि फरार रहिआएका एक अभियुक्तलाई आज पक्राउ गरेको छ।

खाँड हत्याका तीन आरोपी पक्राउ

रामपुर नगरपालिका–१, का ओमबहादुर खाँणको हत्या आरोपी तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

वीरगन्जको रामटोलबाट मोटरसाइकल चेकजाँचको क्रममा एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोलीसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

बिस्फोटक पर्दाथसहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिमाणमा बिस्फोटक पर्दाथ बरामद गरेको छ । रेसुङ्गा नगरपालिका ८ का तारा श्रीसको साथबाट बिस्फोटक पदार्थ बरामद गरिएको हो ।

मिटर बिग्रेका ट्याक्सीसँग ५ लाख घुस लिँदैगर्दा नापतौलका तीन कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ। आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई आज बिहान पक्राउ गरेको हो।

विप्लव माओवादीका जिल्ला सेक्रेटरीसहित ३ पक्राउ

नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयुरका जिल्ला सेक्रेटरीसहित ३ कार्यकर्ता उदयपुरमा पक्राउ परेका छन्।

सामूहिक बलात्कारबाट युवतीको हत्या, अभियुक्तहरु पक्राउ

सामूहिक बलात्कारका कारण एक साता अघि एक महिलाको मृत्युसम्बन्धी घटनाका अभियुक्तलाई सार्वजनिक गरिएको छ।  फरक फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न आज जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक सहदेव थापाले बलात्कारका क्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

खुर्सानीको धुलो घोलेको पानी छ्यापेर लुट्न खोज्ने पक्राउ

आँखामा खुर्सानीको धुलो मिसिएको पानीले हानेर लुट्न खोजेको आरोपमा खोटाङमा दुई युवक पक्राउ परेका छन्।

गाईको मासु बेचेको आरोपमा दुई पक्राउ

नवलपरासीमा राष्ट्रिय जनावर गाई काटेर मासु बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । गाई काटेको आरोपमा घटनाको चार दिनपछि नवलपरासी मध्यविन्दु नगरपालिका–९ वसन्तपुरमा स्थानीयवासी बुद्ध विकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्