२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

२४ किलो चरेससहित दुई पक्राउ

धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोक क्षेत्रबाट २३ किलोग्राम लागुऔषध चरेशसहित प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ।

दुर्व्यसनी आरोपमा पक्राउ ३६ विरुद्ध मुद्दा दर्ता

उदयपुरमा दिनदिनै लागू औषध दुर्व्यसनी र कारोबारीको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले सातादिनमै ३ दर्जन दुव्र्यसनी र कारोबारी पक्राउ गर्नुका साथै ठूलो मात्रामा लागू औषध बरामद गर्नुले यस कुराको पुष्टि गरेको छ।

नागार्जुनमा चोरी गरी भाग्दै गरेका दुई जना पक्राउ

चोरी गरेर भाग्दै गर्दा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। सुन, ल्यापटप र नगद चोरेर भाग्दै गर्दा उनीहरु पक्राउ परेका हुन्।

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

आफ्नै आमाको हत्या गरेको आरोपमा चितवन प्रहरीले एकजना युवकलाई गिरफ्तार गरेको छ। बुधबार बिहान भरतपुर महानगरपालिका वडा नं. १५ मंगलपुरकी ४० वर्षीया सविता दराईको मृत्यु भएको थियो। उनलाई छोरा आशिष दराईले कुटपिट गरेको प्रहरीको भनाइ छ। कुटपिटपछि घाइते भएकी सविताको उपचार हुँदै गर्दा मृत्यु भएको हो।

कीर्ते गरी चिनियाँले निकाले नागरिकता, सहयोगी पक्राउ

कीर्ते गरी चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने एकजनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। कीर्ते नागरिकता बनाएपछि फरार रहेका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–११ का ४५ वर्षीय वाङदोर्जे लामालाई आज इलाका प्रहरी कार्यालय, मेलम्चीको प्रहरी टोलीले पक्राउ गरेको हो।

भूकम्प पीडितसँग घुस लिँदैगर्दा सव–इन्जिनियर पक्राउ

भूकम्पको दोस्रो किस्ता सिफारिस गर्न र घरको नक्सापास गर्न सेवाग्राही सँग घुस लिँदैगर्दा पालुङटार नगरपालिकाका सव–इन्जिनियर सुनिल देवकोटालाई अख्तियारले आइतबार पक्राउ गरेको छ।

सशस्त्र प्रहरी जवान हत्या आरोपमा दुई युवतीसहित ६ पक्राउ

कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

किष्ट बैंक ठगीमा फरार पक्राउ

तत्कालीन किष्ट बैंक ठगीमा दोषी ठहर भई फरार रहेकी देवकी वस्ताकोटी पक्राउ परेकी छिन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार उनलाई टंकीसिनवरी बाँसबारी, मोरङबाट पक्राउ गरेको हो।

किस्ट बैंकको १२ करोड डुबाउने पक्राउ

बैंकिङ् कसूर मुद्दामा पुनरावेदन अदालत पाटनले दोषी ठहर गरेका जम्को प्रकाशन अनामनगरका सञ्चालक देवकी बस्ताकोटीलाई मोरङको टंकीसिनवरीबाट प्रहरीले पक्राउ गरेको छ। बैंक ठगी प्रकरणमा अदालतले २०७३ जेठ १३ गते फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको थियो।

सवारी ज्यान मुद्दाका फरार पक्राउ

सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई मेलम्ची नगरपालिका–१३ फटकशिलाबाट विहीबार प्रहरीले पक्राउ गरेको छ।

ब्राउनसुगरसहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार बेलुका चार बजेतिर वीरेन्द्रनगर–३ पतेनीरोडबाट १९ वर्षीय विवेक सापकोटा चार सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्।

नक्कली गहना बेच्ने पक्राउ

नक्कली गहनालाई पहेँलो धातुको जलप लगाई सक्कली सुन सरह बिक्रीको प्रयास गर्ने तीन जनालाई बाँके प्रहरीले सार्वजनिक गरेको छ।

बैंकिङ कसूरका अभियुक्त पक्राउ

नेपाल बैंक लिमिटेड धरान शाखाबाट अनियमित एवं गैरकानुनी तवरले सुन कर्जा लिने÷दिने कार्य गरी बैंकलाई रु १५ करोड ५१ लाखभन्दा बढी नोक्सानी पु¥याउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नवजात शिशु हत्याको आशंकामा प्रिन्सिपल र शिक्षिका पक्राउ

भोजपुरमा नवजात शिशु हत्या गरेको आशंकामा एक निजी विद्यालयका प्रिन्सिपल तथा शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय कृष्ण राई र घोडेटारकै २६ वर्षिया रमिता राईलाई भर्खरै जन्मेको बच्चा मारेको आशंकामा घरैबाट प्रहरीले पक्राउ गरेको हो ।

२७ तोला सुनका लागि हत्या गर्ने पक्राउ

गत साउन १२ गते बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित एक महिलाको हत्या गरी घरमा रहेको सुन, चाँदी लगायतका गहना लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्