८ वैशाख २०८१ शनिबार
समाज

ब्राउनसुगरसहित एक पक्राउ

सुर्खेत-  जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार बेलुका चार बजेतिर वीरेन्द्रनगर–३ पतेनीरोडबाट १९ वर्षीय विवेक सापकोटा चार सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्।

‘विशेष सुराकीका आधारमा बाटोमा हिँडिरहेको बेला सापकोटालाई रोकेर खानतलासी गर्दा उक्त परिणामको लागूऔषध ब्राउनसुगर फेला परेको हो’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले भने, ‘अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघाडि बढाइरहेका छौं ।’

 

प्रकाशित: ७ भाद्र २०७४ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App